१३ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलन फिर्ता लिन उपप्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजन अध्यादेशले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमाथि पारेका समस्यालाई सम्बोधन गर्ने बताएका छन् ।

सरकारी चिकित्सक सङ्घ (गोदान) का पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा उनले समायोजनका समस्या समाधान खोज्न मन्त्रालयले प्राथमिकता दिएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे । उपप्रधानमन्त्री यादवले सबै जनताको पहुँचमा संविधानप्रदत्त स्वास्थ्य सेवा पुर्‍याउन नयाँ स्वास्थ्य नीति बनाउन लागेको जानकारी दिए ।

आफ्ना विभिन्न माग पूरा गराउन दबाब दिने उद्देश्यले गोदानले आज नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गरेको थियो । कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति, सरकारी चिकित्सकलाई समयानुकूल तलबभत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चिततालगायतका माग राखेको छ ।

प्रदेश÷स्थानीय निकायमा समायोजन हुने चिकित्सकको सेवा सुविधा, सुरक्षा, सरुवा, बढुवालगायत वृत्तिविकास सुनिश्चित भएरमात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउँदै समायोजन हुँदा एक तहस्तर वृद्धि गर्नुपर्ने, प्रदेश÷स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान राख्न माग गरिएको छ ।

यसैबीच स्वास्थ्य राज्यमन्त्री डा सुरेशकुमार यादवले सरकारी अस्पतालका चिकित्सकीय क्षमता अभिवृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गर्ने नीति मन्त्रालयले लिएको जानकारी दिएका छन् ।

कान्तिबाल अस्पतालको ५७औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले उपकरण, जनशक्ति तथा औषधिको अभाव हुन नदिने र अस्पतालका लागि रु पाँच करोड विनियोजन गरिने बताए । अस्पतालका निर्देशक डा गणेशकुमार राईले बालस्वास्थ्यका सबै विशिष्टिकृत सेवा अस्पतालले प्रदान गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस