१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनकालीन इतिहास जोडिएका क्षेत्र ओझेलमा

अ+ अ-

कावासोती । सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवर्द्न तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् ।

सेनकालीन समयमा निर्माण भएको गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण तथा प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेका हुन् ।

किंवदन्तीअनुसार कैलाश सन्न्यास आश्रममा पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरेका हुन् । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको शुरुतिर पाल्पाका राजा मणिमुकुन्द यस क्षेत्रमा आई बसेको गरेको किंवदन्ती रहिआएको छ । सोही क्रममा राजा मुकुन्दसेनले मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ ।

सयौँ वर्ष पहिलाको इतिहास जोडिएको कैलाश सन्न्यास आश्रमको संवर्द्धनमा भने राज्यस्तरबाट खासै चासो नदिएको कैलाश आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताए ।

पुरातत्व विभागले वि.सं. २०७० मा यस मन्दिर परिसरमा उत्खनन् गरेको थियो । विभागले उत्खनन् गर्दा विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कुँदिएका कलात्मक ढुङ्गा फेला परेका थिए । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् ।

पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले एक हजार ५१८ वटा ढुङ्गा उत्खनन् गरेर राखेको छ । शिवलिङ्ग र केही देवीदेवताका मूर्ति कुँदिएका ढुङ्गालाई टिनको टहरामा सुरक्षित गरी राखिएको छ । तर अन्य ढुङ्गा भने बाहिरै जमीनमा फैलाएर राख्दा लेउ लागेको छ । यी ढुङ्गाको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नाश हुने हो कि भन्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।

समितिका अध्यक्ष घिमिरेले सरकारले पटक–पटकको पहलपछि यहाँ उत्खनन् गरे पनि उत्खनन् गरेका ढुङ्गाको उचित सुरक्षा गर्न नसकेको बताउँछन् ।

पुरातत्व विभागले शिव मन्दिर निर्माण गरिने जनाएको छ । प्रयोग गर्न मिल्ने ढुङ्गा मन्दिर निर्माणका लागि प्रयोग गरिनेछ । विभागले रु सात करोड ६८ लाख ५४ हजार १११ विनियोजन गरेर मन्दिर निर्माणका लागि बोलपत्र आह्वान गरेको भए पनि सो रकममा सम्झौता हुन नसकेपछि पुनःमूल्याङ्कन गरी पुनःबोलपत्र आह्वान गर्ने आश्वासन आफूहरूले पाएको अध्यक्ष घिमिरेले बताए । एक महीनाअघि मन्दिर पुनःनिर्माणको पहल गरिदिन आग्रह गर्न जाँदा विभागले चाँडै प्रक्रियामा जाने बताएको घिमिरेले बताए ।

नवलपुरमा नै रहेको सेनकालीन रुद्रपुर गढीको उत्खनन्समेत हुनसकेको छैन । हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको गढीमा दरबारको भग्नावशेष, दरबारको सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो र सेनाहरूले परेड खेल्ने टुँडिखेलसमेत रहको धौवादी समाजसेवी अगुवा झविलाल रानामगरले बताए । तर यसको उत्खनन् र संरक्षणमा राज्यस्तरबाट कुनै कार्य नभएको उनले बताबताए । नवलपुरमा रहेका सेनकालीन इतिहास बोकेका यी क्षेत्रको संवर्द्धन गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके हजारौँ पर्यटक भित्र्याउन सकिने थियो ।

प्रतिक्रिया दिनुहोस