१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव कल्याण समाजलाई सांसद बस्नेतद्वारा सहयोग

अ+ अ-

भक्तपुर । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मानवीय सेवामा समर्पित चाँगुनारायण– ७ यातु महादेवमा सञ्चालित मानव कल्याण समाज सेवाघरलाई नगद रु ५० हजार र एक हजार थान पुस्तक प्रदान गरेका छन् ।

सांसद बस्नेतले सेवा घरकी अध्यक्ष सुमित्रा चौलागाईँलाई नगदसहित प्रतिपुस्तक रु ६५० मूल्य पर्ने रु छ लाख ५० हजार मूल्य बराबरको उनी आफैँले लेखेको ‘म महेश’ नामक एक हजार थान पुस्तक प्रदान गरेका हुन् ।

मानवीय आस्था नेपालका संस्थापक एवं संरक्षक सांसद बस्नेतले मानवीय आस्था नेपालको तर्फबाट रु ५० हजार र व्यक्तिगत तर्फबाट पुस्तक प्रदान गरेका हुन् ।

बस्नेतले नगद तथा पुस्तक प्रदान गर्दै स्वच्छ रूपमा मानवीय सेवामा समर्पित संस्था सञ्चालनमा आर्थिक अभावले नरोकिने बताउँदै मानवीय सेवाको भावना विस्तार गर्दै जानुपर्ने बताए । उनले कुनै पनि नागरिक परिवारविहीन अवस्थामा पुग्न नहुने र त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै अनाथ, असहायको आश्रय बनेको सेवाघरलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पुस्तक बिक्रीबाट आउने रकम सेवाघरमै खर्च गर्ने गरी प्रदान गरेको सेवाघरकी अध्यक्ष चौलागाईँले बताइन् ।

प्रतिक्रिया दिनुहोस