१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनु पर्छ : उपसभामुख तुम्बाहाङ्फे

अ+ अ-

उर्लाबारी । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताएकी छन् ।

मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले राष्ट्रले लिएको लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राखिन्।

उपसभामुख तुम्बाहाङ्फेले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताइन् । सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भए पनि सो अनुसारको लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँदै उपसभामुख तुम्बाहाङ्फेले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका प्रमुख राजेन्द्र बुढाथोकी, बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली, पूर्वसांसद गुरु बरालले शिक्षा क्षेत्रको बारेमा विचार राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक, उत्कृष्ट विद्यार्थी एवं विभिन्न प्रतियोगितामा बिजेता भएकाहरुलाई पुरस्कार र सम्मान गरिएको थियो । वि.सं २०२१ मा स्थापित सो विद्यालयमा कक्षा १२ सम्म एघार सय ८७ विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस