११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले सो आग्रह गरेका हुन् ।

ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का परियोजना निर्धारित समयभित्रै पूरा गर्ने गरी सरकारले तयारी गरिरहेको उल्लेख गर्दै उनले कानूनी जटिलताका कारण एमसिसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको बताए ।

मन्त्री पुनले आर्थिक विकासको गतिका आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरेको बताउँदै नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी दिए । आफू ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेकोसमेत उनले बताए ।

मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकन लगानीकर्तालाई नेपालमा लगानीको लागि वातावरण बनाइदिन आग्रह गरे ।

भेटमा अमेरिकी राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताउँदै नेपालको विकासमा सक्दो सहयोग उपलब्ध गराउने धारणा व्यक्त गरे ।

ऊर्जा क्षेत्रको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको प्रसारण लाइनमा एमसिसिमार्फत लगानी गरिएको र सो परियोजना निर्धारित समयमै सम्पन्न हुने गरी काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस