११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

अ+ अ-

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उनले मुलुकलाई अहिले चाहिने दक्षजनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयले यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताए ।

उनले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग प्रर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्छ भने ।

शिक्षा, विज्ञान तथा प्रविधि एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेले मुलु्कमा आर्थिक उन्नतिले मात्र नेपाली जनतामा खुशी र सुखी ल्याउन नसक्ने भन्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न शिक्षाको विकास हुनुपर्नेमा जोडभयो ।

उनले दक्षजनशक्ति कसरी उत्पादन गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने भन्दै शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृिद्धसँग जोड्न विश्वविद्यालयले सोच्नुपर्ने समय आएको बताए।

विश्वविद्यालयका उपकुलपति प्रा डा। घनश्यामलाल दास र रजिष्ट्रार प्रर्मिला थापाले विश्वविद्यायलयको गतिविधि तथा अगामी दिनमा सञ्चालन गर्ने शिक्षाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विश्वविद्यालयमा सहयोग पुर्‍याउने प्रथम सेवा आयोगका अध्यक्ष प्राध्यापक कृष्ण पोखरेल, प्रथम उपकुलपति स्व धु्रवनारायणलाई मरणोपरान्त, पूर्वउपकुपति तोरणबहादुर कार्की र विराटनगर नगरपालिकाका तत्कालीन प्रमुख अशोक कोइरालालाई सम्मान गरिएको थियो ।

उपकुलपति प्रा डा दासले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्रद्वारा सम्मान गरे भने राष्ट्रपति भण्डारीले रजतस्तम्भको अनावरण गरिन् ।

प्रतिक्रिया दिनुहोस