काठमाडौं । नक्क्ली सुन देखाएर सस्तो मूल्यमा सुन दिने भन्दै ४० लाख रकम ठगी गरेको आरोपमा १० जनाको समूह पक्राउ परेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ का २५ वर्षीय पवन बिक, धनुसा जनकपुर उपहानगरपालिका–९ का ३५ वर्षीय मनिष ढुङ्गाना, काठमाडौं महानगरपालिका काँडाघारी बस्ने सर्लाही हरिवन–९ का २५ वर्षीय विवेक दनुवार, काठमाडौं महानगरपालिका म्हैपी बस्ने सर्लाही लालबन्दी नगरपालिका–११ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी छन् ।
यस्तै बौद्ध बस्ने धनकुटा गाउँपालिका–६ की २५ वर्षीया सलिना शर्पा भन्ने संगिता राई, बौद्ध बेसीगाँउ बस्ने पर्सा बिरुवागठी–१ का सन्तोषकुमार लामा, तारकेश्चर नगरपालिका९–६ बस्ने रौतहट रङ्गपुर गाउँपालिका–७ नयाँबस्ती कटानीका ३२ वर्षीय समिर लामा भन्ने सरोजकुमार घिसिङ, गोकर्णश्वर नगरपालिका–४ माकलबारी बस्ने काभ्रे रोसी गाउँपालिका– मंगलटारका २६ वर्षीय मनोज लामा,बारा निजगढ नगरपालिका–१ सिंगौल नमुनाबस्तीका २८ वर्षीय सुरेश राई र बारा निजगढ नगरपालिका–२ सिंगौलका २८ वर्षीय सागर राई रहेका छन् ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको र उनीहरुले संगठित रुपमा नै नक्कली सुनको कारोबार गर्दै आएको खुलेको सिआइबीले जनाएको छ ।