३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी

अ+ अ-

भक्तपुर । कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ । उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकारे ।

उनले भने, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु, हाजिर गर्ने र घाम तापेर बस्नुको विकल्प छैन ।”सरकारले ३५ डिभिजन कार्यालय र नौ जिल्ला कार्यालयलाई समेटेर ‘सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ स्वास्थ्य निर्देशालय काठमाडौँ’को नाम दिएपछि काठमाडौँ उपत्यकाका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यालय के हुने भन्ने अन्योलसमेत कर्मचारीमा छ ।

कर्मचारीका अनुसार अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको नाम पनि छैन, काम पनि छैन, युनिट पनि छैन, दैनिक कामकाजका लागि ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने गरी न्यौपानेलाई निमित्त दिइएको छ, तर यहाँ सबै अन्योल छ ।

स्थानीय सरकारका नाममा गत साउनदेखि प्रदेश र नगरपालिकालाई बजेटसहित कार्यक्रम गएपछि कार्यालयमा रहेका कर्मचारी कामविहीन भएका हुन् । कर्मचारीको अहिलेको काम यहाँको सामान सुरक्षा गर्ने, हाजिर गर्ने, नगरपालिकाले बोलाएका बखत प्राविधिक सहयोग गर्ने कामबाहेक कर्मचारीले केही गर्दैनन् । विगतमा कार्यालयले गर्दै आएको संस्था दर्ता तथा नवीकरणसमेत उक्त निर्देशनालयको जिम्मेवारीमा गएको छ भने अनुगमन तथा निरीक्षणको काम नगरपालिमा गएको छ । गत मङ्सिरसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले तलब खुवाएको बताउँदै कर्मचारी दैनिक प्रशासन चलाउन र पानी खानसमेत कार्यालयमा बजेट नभएपछि आफूहरूले नै पैसा उठाएर यसको जोहो गर्ने गरेको कर्मचारकिो गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस