स्टकमा पाँच कम्पनीको शेयर मूल्य समायोजन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्टकमा पाँच कम्पनीको शेयर मूल्य समायोजन


प्रशासन संवाददाता

१७ पुस २०७५, मंगलबार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयर एवं नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्यसमेत समायोजन गरेका हुन् । सिटिजन्स बैंकले ३ दशमलव छ प्रतिशत शेयर लाभांश वितरण गरेसँगै प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो । सो बैंकको औसत आधारमूल्य रु ३०२ रहेको छ ।

साङ्ग्रिला डेभलपमेन्ट बैंक पनि प्रतिकित्ता रु १४३ हुने गरी मूल्य समायोजन गरेको छ । सो बैंकको औसत शेयर मूल्य रु १८६ रहेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पनि प्रतिकित्ता रु १२० हुने गरी मूल्य समायोजन गरेको छ । बैंकको औसत आधार मूल्य रु १७४ रहेको छ । यस्तै समीट माइक्रोफाइनान्स कम्पनीले प्रतिकित्ता रु ७३९ मूल्यमा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य रु एक हजार १५७ रहेको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले पनि प्रतिकित्ता रु १५४ मा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य रु १२७ रहेको छ । स्टकमा सोमबार चार कम्पनीको शेयरमूल्य समायोजन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस