काठमाडौं । प्रहरीले पाकेटमारी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौं २६ बिजि महल अगाडिबाट पाकेटमारी गर्ने एकजनालाई पक्राउ गरेको हो ।
नुवाकोट ककनी–७ घर भई काठमाडौं गोंगबु बस्ने २७ वर्षीय विष्णु लामालाई नगद २६ हजार सहित पक्राउ गरेको छ ।
यसबार प्रहरीले थप अनुसन्धान गििररहेको छ ।