२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनका लागि ९० करोडको गुरुयोजना

अ+ अ-

घोराही । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवर्द्धनका लागि झण्डै ९० करोडको गुरुयोजनाको तयारी गरिएको छ ।

यहाँको पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न करीब ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताए । “पहिले हामीले करीब ७० करोडको गुरुयोजना बनाएका थियौँ । सो गुरुयोजनाबाट केही काम सम्पन्न पनि भइसकेका छन्”, उनले भने, “पहिलेको गुरुयोजनाको केही छुटेको थियो त्यसलाई समेटेर अब बृहत् गुरुयोजना भन्दैछ यसको तयारीमा हामी जुटेका छौँ ।” नयाँ गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्ट निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने छन् ।

सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने छ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यले बताए । अहिले गुरुयोजनाको लागि कानूनी प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए । प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।

‘न्यायिक समितिमा उपलब्धि बढ्दै’

घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा न्यायिक समितिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ । उपमहानगरका न्यायिक समितिका प्रमुख सीता सिग्देल न्यौपानेले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आव २०७४/०७५ को असार समान्तसम्म न्यायिक समितिमा दर्ता भएका २५६ उजुरीमध्ये १०५ किनारा लागेको जानकारी दिए ।

यस्तै अघिल्लो वर्षका बाँकी मुद्दा चालू आवमा पनि छलफलमै रहेको उनको भनाइ थियो । यसैगरी चालू आव २०७५/७६ मा अहिलेसम्म ८५ उजुरीमध्ये ३७ वटा मित्रापत्र गरिसकेको उनले बताए । उनले न्यायिक समिीिमा विशेष गरी लेनदेन, सम्बन्धविच्छेद, जग्गा, विवाद, जग्गा रोक्का, कुलो नाला पानी, घरभाडा, घरेलु हिंसा, वातावरण, गाली बेइज्जती, अंश मुद्दा, कुटपिटका मुद्दा आउने गरेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस