२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निसास्सिएर फुलेको प्रेम

अ+ अ-

मैले एक दुई गरेर गनेको भए पनि बाह्र, पन्ध्र जना जति थिए होलान् । म छेउको कुर्सीमा गएर थपक्क बसेँ । चारैतिर नजर पुर्‍याएँ । धेरै जसो त विवाहित महिला जस्ता देखिन्थे तर म अविवाहित । सबैले मलाई नै हेरिरहेको जस्तो लागिरह्यो । म बोल्न सकिनँ । टक्क मेरो आँखा आमाले दूध खुवाइरहेको एउटा बच्चामा गएर अडियो । छेउमा उसको श्रीमान् थियो । त्यो देखेर मलाई पनि अचानक शरदको याद आयो । तर किन थाहा छैन । उसको मुस्कान याद आयो । अनि त्यो हट कफी पिउँदा म प्रति हेरेको उसको नजरमा म हराएँ । कता हराएँ थाहै भएन । त्यो पल ।

सन्दीपा…
सन्दीपा शर्मा… म झस्किएँ । नर्सले मेरो नाम बोलाइरहेकी थिइन् ।

“एस सिस्टर” ।

म उठेर मेरो उपस्थिति जनाएँ । मलाई लगेर नर्स क्लिनिक भित्र पसिन । हिजो डाक्टरले चेक अप गर्न भनेका सबै “टेस्ट रिपोर्ट” मेरो हातमा थियो । नर्सले रिपोर्ट हेर्दै भनिन्, बधाई छ ।

मलाई उनको बधाई ग्रहण गर्नुपर्ने भयो तर सकिनँ । बाध्यताले मुस्कुराए जस्तो गरे तर काँडाले घोचेजस्तो भयो । त्यसै गरी अर्को सेक्टरमा डक्टरले पनि बधाई दिए । मलाई फेरी काँडाले घोचेजस्तो भयो । डाक्टरले थप्दै भने– रेगुलर चेक अप गर्नुहोला । यो स्टेजमा ख्याल गर्नुपर्छ ।

मेरो पेटमा शरदको बिउ हुर्किँदै थियो तर म ओइलाउदैँ थिए । म त्यहाँबाट निस्किए । गन्तव्य विनाको यात्री बनेर— सम्झिन नचाहने त्यो रात सम्झँदै । भिडलाई छिचोल्दै हिँडिरहे ।

त्यो रात मेरो लागि कहिल्यै नबिर्सिने रात बन्यो ।

मैले त्यही रात सम्झेँ जुन रात शरद र म सँगै थियो । जुन उदाएको पूर्णिमाको रात थियो । म शरदको अङ्गालोमा यसरी बाँधिएकी थिए मानौँ हाम्रो तन र मन एउटै भइसकेको छ । म मैन बनेर उसको दीपमा पग्लिसकेकी थिए । केही गर्न सकिन । उ खेलाउँदै गयो म खेलिँदै गए । उ लुट्दै थियो म लुटिँदै थिए । यसरी म रित्तो भए । केही बाँकी भएन ।

त्यो रात पछि उ हरायो । कता हरायो मलाई थाहा छैन ।

आज मलाई तरबारको धारमा यात्रा गरेजस्तो भइरहेछ । पश्चात्तापले हो या भनौ भुलले म तड्पिरहेछु । जलिरहेछु आफूभित्र भित्रै।

अलमलमा परेको छ मेरो सोच । शरदको अंश मेरो पेट भित्र आकार लिँदैछ । म के गरु ? अँध्यारो सहेर आँखा भरी भोलिको उज्यालो सपनाका लागि भन्दै बत्तीमा पुतली होमिए सरी म शरदको अँगालोमा होमिएकी थिए । नानाथरी सपना देखाएर उसले मलाई लुटेको त्यो रातको आवाजले अझै पनि मेरो स्मरणलाई ताजा बनाइ रहेको छ । तर त्यो रातमा मैले देखेको सिमलको भुवामाथि सुत्ने सबै सपनाहरू अर्थहीन भए ।

आज केही निर्णय गर्न सकिरहेकी छैन । उसको मेरो गर्भमा रहेका बिउलाई मासिदिऊँ या हुर्काऊँ । मासिदिऊँ भने मेरो पहिलो प्रेमको पहिलो सम्बन्धको पहिलो निशानी, हुर्काइदिऊँ भने समाजबाटै बहिष्कार हुनुपर्ने बाध्यता ।

यो समाज मलाई कालो बादल जस्तो लाग्छ । त्यही कालो बादल भित्र लुकेका असिनाहरूले चुट्दै छन् मलाई । मेटाउदैछन् मेरो नरम भुवाको मनलाई ।

मैले आज आएर बुझेँ सपना र बिपनाबीचको दुरी । सपनालाई बिपना ठानेर अलमलिए । त्यही सपनामा लुटाए आफूलाई । मेरो जिन्दगीको सर्वस्व उसैलाई ठानेर लुटाएकी थिए आफ्ना कलिला वैश चढ्दै गरेका मुनाहरू । अहिले म उजाड भइसकेकी छु । मेरा कलिला मुनाहरू सबै टुक्रिसके ।

अहिले जिउनु न मर्नु भएकी छु । त्यो कहालिदो हुरीले उडाइसक्यो मलाई । बिछोडको भुमरीले डुबाइसक्यो ।

… … …

मन मिल्ने एउटै साथी थियो । रविलाई सबै कुरा सुनाए । एक्कासि उ शरदलाई गाली गर्न थाल्यो ।

मेरा आँखा रसाए ।

खै किन हो म भन्न सक्दिन । रवि मेरो छेउमा शरदमाथि खनिँदै गयो तर गाह्रो मलाई हुँदै थियो । म शरदलाई भुल्न सकिरहेकी थिइन । हुन त उ धोकेबाज थियो नै तर पनि म उसलाई सम्झिरहन्थे । मेरो शरदलाई सम्झिनुको अर्थ मलाई नै थाहा थिएन ।

रविले मलाई प्रश्न गर्‍यो,“कसरी सुरु भयो तिमीहरूको प्रेम सम्बन्ध ?”

मैले भने, “मलाई शरदसँग भेट भएको पहिलो दिन त्यति बेला जति रोमान्टिक लाग्थ्यो अहिले त्यति नै तितो लाग्दै छ ।

काठमाण्डौंको दरबारमार्ग स्थित एउटा रेस्टुरेन्टमा मैले कफी पिउँदै गर्दा उ त्यही रेस्टुरेन्टमा आएर मेरै टेबुल अगाडि बसेर ल्यापटप खोल्दै कफी अर्डर गरेको दिनमा नै म उ प्रति आकर्षित भएकी थिए । मलाई ऊसँग बोल्न रहर थियो । उसको आवाज सुनिरहन मन थियो । उसलाई हेरिरहन मन थियो । म कफी पिउने बहानामा उसलाई पटक पटक हेर्थे । जति हेर्दै जान्थे म उति नै आकर्षित हुँदै गएँ ।

मेरो कफी सिद्धियो तर उसको अर्डर आएकै थिएन । मलाई हतार हुँदाहुँदै पनि उसलाई छोडेर हिँड्न सकिन । उसलाई हेरिरहन मन लागेकै कारण, उसको छेउमा बसिरहन मन लागेकै कारण मैले फेरी एक कप कफी मगाए ।”

“हजुरलाई आजको कफीको टेस्ट साह्रै मन पर्‍यो जस्तो छ नि ?” उसले मतिर हेर्दै भन्यो ।

म अकमकाए, केही बोलौँ जस्तो भयो र हडबडिदै भने “हो आजको कफी साह्रै मिठो लाग्यो ।” मलाई बोल्ने बहान मिल्यो । मैले पनि सोधे “मेलचेक गर्दै हुनुहुन्छ जस्तो छ त । साह्रै हराउनु भएको छ त ल्यापटपमा ।”

“मलाई ख्याल गरिरहनु भएको जस्तो छ नि । म बिजी भएको नियाली रहनु भएको रहेछ ।” उसले भन्यो ।

मलाई लाज लाग्यो । के बोलौँ नै थाहा भएन । गाला लाजले राता भए । नजर अन्तै मोडेर छातीको सल मिलाउन थाले । सायद म नर्भस भएको ठानेर होला उसले मलाई सजिलो बनाउन भन्यो,“होइन… होइन मैले त त्यत्तिकै जिस्काएको मात्र । तपाईँलाई अप्ठेरो भए जस्तो छ ।”

“हेर्न त हेरिरहेकै थिए नि आफूले एक नजर पनि नदिने ।” मैले मनमनै सोचे ।
उसले फेरी थप्यो,“सरी ! अप्ठेरो नमान्नु होस् मेरो जोक गर्ने बानी छ ।”

“इट्स ओके” मैले भने ।

वइटरले कफी ल्याइदियो । उसले मतिर कफी सार्दै भन्यो,“यहीँ कफीको बहानामा परिचय गरौँ न त ।”

“म शरद … शरद पोखरेल ।”

“आई एम सन्दीपा… सन्दीपा शर्मा ।” मैले हात मिलाउँदै भने ।

उसले फेरी जिस्कँदै भन्यो,“दुवैको नाम “स” बाट आउँदो रहेछ । हाम्रो सम्बन्ध गहिरो होला जस्तो छ ?”
म केही बोलिन ।

तर मेरो चाहना पनि त्यस्तै थियो । कुरा गर्ने क्रममा थाहा पाए । उ ललितपुर स्थित एउटा राम्रो एन्.जी.ओ. मा काम गर्दो रहेछ । बुटवल घर भएको मान्छे यहाँ सानेपामा बस्दो रहेछ । गफ गर्दै जाँदा मैले पनि आफ्नो स्थायी घर पोखरा भएको र यहाँ कीर्तिपुर बस्दै आएको कुरा सुनाए । यसरी गफ गर्दै कफी सिध्याएर हामी छुट्टिएका थियौ ।

त्यो रात मलाई निद्रा नै लागेन । खै किन हो उ प्रति म बढी नै आकर्षित हुँदै गएकी थिए । उसको बोली, उसको आँखा, उसको मुस्कान, उसका मिलेका दाँत आदि सबै प्रति म सम्मोहित भएकी थिए । रात भरी ओल्टो कोल्टो फेर्दै उसलाई नै सम्झिरहे । म निदाउन सकिन ।

त्यतिखेर फोन नम्बर माग्ने आँट सम्म पनि गर्न सकेकी थिइन । उसले पनि मागेन । न त उसले नमाग्दै मैल दिन सके । सम्झिँदै गर्दा एउटा निष्कर्ष निकाले, ‘भोलि पनि त्यही रेस्टुरेन्टमा जान्छु । फेरी भेट हुन सक्छ ।’

अर्को दिन त्यही समयमा त्यही रेस्टुरेन्टमा पुगे । तीन कप कफी सिद्धि सक्यो । उ आएन ।

दिन बित्दै जाँदा तेह्रौ दिनमा उ त्यही समयमा त्यही रेस्टुरेन्टमा आइपुग्यो । उसले अचम्म मान्दै भन्यो, “ओ तपाईँ आज पनि ! ह्वाट अ को इन्सिडेन्स ।”

“एस आइ एम हेयर” भनेर मैले रेस्पोन्स गरे ।

हामी गफ गर्दै कफी पिउँदै गयौँ । यसरी पछि पनि हाम्रा दिन बित्दै गए । हामी नजिकिँदै गयौ । म त उ प्रति आकर्षित थिए नै, उ पनि म प्रति आकर्षित हुँदै गए जस्तो लाग्न थाल्यो । हामी अझै नजिकिँदै गयौँ । हामी कहिले नगरकोट घुम्न जान्थ्यौँ त कहिले गोदावरी, कहिले फुल्चोकी पुग्थ्यौँ भने कहिले नागार्जुन दरबार । दिन निकै रमाइलो लाग्दै थियो । यसरी समय सँगसँगै विताउँदा हामी झन् झन् नजिकिँदै गयौँ ।

त्यो वैशाख एक गतेको दिन थियो । उसले मलाई ड्राइभ जाने प्रताब गर्‍यो । मैले सहजै स्वीकार गरेँ । हामी त्यो दिन त्रिशूलीतिर गयौँ । त्रिशूली किनारमा अवस्थित “व्ल्यू हेवन” रेस्टुरेन्टमा खाजा खाँदा उसले मलाई प्रेम प्रस्ताव गर्‍यो ।
म खुसी भएँ ।

उ प्रति मेरो माया झन् आकासियो । मैले उसको प्रेम प्रस्ताव एक पलमै स्वीकार गरेँ । उ पनि साह्रै खुसी भयो । त्यति खेरै मेरो निधारमा हल्का चुम्बन गरेर मेरो हात समाउँदै उसले भनेको थियो, “आइ लव यु… आइ लव यु सन्दीपा ।” । म खुसीले गदगद थिएँ ।

“यसरी हाम्रो प्रेम सम्बन्ध गाँसिएको थियो ।” म भन्दै गए, “रवि त्यसपछिका दिनहरू निकै सुन्दर हुँदै गए ।” उसले हरेक दिन राती फोन गथ्र्यो । कहिलेकाहीँ अफिसबाटै फोन गरेर मैले खाजा खाए नखाएको सोध्थ्यो । पानी धेरै पिउनु भनेर सम्झाउँथ्यो । उसले आफ्नो व्यस्त समयमा पनि मेरो ख्याल गरेको देख्दा साह्रै खुसी हुन्थेँ । आफ्नो अफिसको कुनै निर्णय लिँदा समेत मलाई नसोधी कुनै निर्णय लिँदैनथ्यो ।

एक दिन प्रोजेक्टको सिलसिलामा उसलाई नर्वे जानुपर्ने भयो । म एकातिर शरदको प्रगति देखेर खुसी थिए भने केही दिन शरदलाई भेट्न नपाउने भएकाले अर्कोतिर मलाई नरमाइलो लागि रहेको थियो ।

उ नर्वे जाने दिन म उसलाई छोड्न एयरपोर्ट गए । मेरा आँखा रसाए । उसले मेरो आँखा चुम्दै भन्यो, “ए लाटी रुने होइन तिम्रो शरद केही दिनमै आइहाल्छ ।

म आफूलाई कन्ट्रोल गर्न नसकेर उसको छातीमा परेँ । उसले पनि मलाई छातीमा राख्दै भन्यो, “तिमी मेरी हौ । तिमी कमजोर हुने होइन ।” उसले मेरो आँसु पुछ्यो र “मिस यु” भन्दै मबाट छुट्टियो ।

… … …

दुई हप्तापछि उ फर्किँदै थियो । म उसलाई लिन एयरपोर्ट गए । उसलाई देख्दा साह्रै आनन्द लाग्यो । म उसको अँगालोमा बाँधिएर भने, “आइ मिस्ड यु सो मच…आई लव यु ।”

“मी टू” भन्दै उसले ट्याक्सी रोक्यो । हामी सानेपा गयौँ । त्यो दिन म निकै खुसी थिए । शरदले मलाई त्यो रात त्यही बस्न अनुरोध गर्‍यो । मैले नकार्न सकिन ।

त्यही रात हो जुन रात म नाङ्गीए, त्यही रात हो जुन रात म चुसिए, त्यही रात हो जुन रात म लुटिए ।

मलाई थाहा छैन शरद कहाँ छ ?, कुन अवस्थामा छ ? “रवि तिमी नै भन अब म के गरु ? मरु या बाँचु ?”

“तिमी बाँच्छ्यौ … ।” रविले भन्यो ।

“यो हुर्किँदै गएको भु्रण पेटमा पालेर कसरी बाँच्नु ?” मैले भने, “त्यो पापीको पाप पेटमा पालेर म बाँच्न सक्दिन । तुहाइदिन्छु यो पापलाई ।”

“होइन सन्दीपा, यसमा बच्चाको केही दोष छैन ।” उसले थप्यो, “केही दोष तिम्रो हो भने केही दोष शरदको ।”

“म अविवाहित केटी पेट ठुलो देखिँदै गयो भने समाजले मलाई के भन्छ ? घर परिवारमा म कसरी देखिने ?” मैले रविलाई भने, “होइन रवि कि म मर्छु कि यो पापलाई मारिदिन्छु ।”

रविसँग मेरो हट डिस्कस हुँदै गयो । रविले गर्भपतन गर्न मानेन तर म गर्भपतनकै पक्षमा भए । उसले मलाई निकै सम्झाउने प्रयास गर्‍यो । धेरै उदाहरणहरू दियो । जुन उदाहरणहरूले म बलियो बनु भन्ने उसको चाहना थियो ।

रविलाई मैले प्रश्न गरे, “रवि तिमी नै भन यदि मैले यो पापलाई नतुहाएमा यसको बाउको नाम के दिऊँ ? त्यतिखेर यसले मलाई हेर्ने दृष्टिकोण कस्तो बन्छ ?”

रवि चुपचाप स्तप्ध भयो । केही बोलेन । उसले बोल्ने केही आधार नै पाएन ।

मलाई एक्कासि अप्ठ्यारो लाग्यो ।

रविले मलाई अचानक भन्यो, “सन्दीपा यसमा या बच्चाको केही दोष छैन । एक पटक फेरी विचार गर ।”

मैले रविको बच्चाप्रतिको मायालाई बुझ्थे तर म के गरुँ ? म उक्त भ्रूण पाल्न नसक्ने सामाजिक जन्जिरमा अल्झिसकेकी थिए । यो समाजको कालो जालभित्र म पनि एउटा बन्दी भएर बसेकी केटी जस्तै भएकी थिएँ ।

मैले रविलाई भने, “यो मेरो अन्तिम निर्णय हो । म गर्भपतन गर्छु । मलाई साथ देऊ ।”

रवि केही बोलेन । उसका आँखामा एक किसिमको बच्चा प्रतिको माया देखिएको थियो एकातिर भने अर्कोतिर मेरो बाध्यता ।

हामी त्यही दिन एउटा प्राइभेट क्लिनिकमा गयौँ । रविले नचाहेरै पनि मेरो साथ दियो । मलाई रविप्रति निकै माया लागेर आयो । एउटा सच्चा साथीको भूमिका निभाउन कसैले सिकाउनु पर्दैनथ्यो उसलाई ।

रवि आफै मेरो बारेमा सबै कुरा डाक्टरलाई भन्दै थियो । मेरो नजर रविप्रति एकोहोरो थियो । रविको साथीत्वप्रति मलाई गर्व लागेर आयो ।

म भित्र जान तयार भए । रविले अचानक मेरो हात समात्यो र भन्यो, “सन्दीपा म दिन्छु यो बच्चालाई बाउको नाम । प्लिज एबोर्सन नगर । म तिमीलाई बिहे गर्छु ।”

म अक्क न बक्क परेँ । मेरा आँखा रसाएर आए । रविले मेरो हात समाएको थियो । म रविको अँगालोमा कसरी परे भन्न सक्दिँन । मेरो खुसीको सीमा नै रहेन तर मलाई पश्चात्तापको ग्लानिले झन् समायो । “आई एम सरी रवि” मैले भने ‘रवि मेरो बारेमा सबै थाहा पाउँदा पाउँदै पनि तिमी मलाई बिहे गर्छौ ?’

“हो, सन्दीपा म तिमीलाई बिहे गर्छु । विगतलाई एउटा नमीठो सपना सम्झिएर भुलिदिउँला । वर्तमानमा रमाउँला । भविष्यलाई सुन्दर बनाउने प्रयास गरौला । एक अर्कामा विश्वास र समर्पणको आडमा जिउँला । यो दुनियाँमा जिउँला एउटा नमुना जोडी बनेर ।” रवि बोल्दै थियो, मेरा आँखा रसाउँदै थिए ।

“म तिमीलाई हरपल हरक्षण साथ दिन्छु ।” मैले भने “ प्लिज मलाई अलपत्र नपार्नु ।”

हामी क्लिनिकबाट निस्कियौँ । मलाई संसार नै सार्थक लाग्न थाल्यो । आकाशमा खुल्ला रुपमा उडेका पन्छीमा मैले आफ्नो प्रतिविम्ब भेटेँ । एउटा फुलबाट अर्को फुलमा खेल्दै रमाउने पुतलीमा पनि मैले जीवनको अर्थ पाएँ ।

एउटा सुन्दर सपना बोकेर हामी हाम्रो भविष्य भएतिर लाग्यौँ ।

लेखक “राष्ट्रिय योजना आयोग, नेपाल” मा योजना अधिकृतका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस