१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदिरा नियन्त्रणमा प्रहरीको सक्रियता

अ+ अ-

डोटी । इजाजत बिना अवैध मदिरा बिक्रीबितरण गर्ने र सेवन गरी अनावश्यक रुपमा हो हल्ला गर्नेलाई कारवाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय डोटीको सक्रियता बढेको छ ।

२०७५ साउन यता बिना इजाजत मदिरा बिक्री बितरण गर्ने केही ब्यक्तिहरुलार्ई कारबाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाईएको छ । त्यसै गरी सेवन गरी झैझगडा गर्ने ७ जनालाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पठाउनुका साथै ठुलो परिणाममा मदिरा बरामत गरी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

उनले भने “बिना ईजाजत मदिरा बिक्रीबितरण गर्ने, मदिरा सेवन गरेर होहल्ला गर्ने जोकोही भए पनि कारवाहीको भागेदारी हुने छन् यस्तो कार्य रोक्नु हामी सबैको दायित्व हो । मदिरा बिक्रीबितरणका साथै ओसार पसारमा समेत प्रहरीले कडाईका साथ चेकजाँज गरिरहेको समेत उपरीक्षक माझिले बताए ।

सादा पोषाकमा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी लाल बहादुर धामीले बताए । उनले भने “पछिल्लो समयमा मदिरा सेवनका कारणले परिवारमा झै झगडा हुनुका साथै समाजले असुरक्षित महशुस गर्ने भएको हुदाँ प्रहरीले आफ्नो सक्रियता बढाएको बताए । मदिरा बिना ईजाजत अबैध रुपमा बिक्री बितरण तथा सेवन गरेकाको अवस्थामा शहरी क्षेत्रमा मात्र नभई गाउँ टोलबस्तीमा पनि सादा पोषाकमा प्रहरी परिचालन गरी बिक्रीबितरण गर्ने र खाएर होहल्ला गर्नेलाई समेत कडा भन्दा कडा कारवाही गर्ने तयारी भईरहेको समेत प्रहरी नायब उपरीक्षक धामीले बताए ।

शुक्रबार मात्र डोटी प्रहरीले शिलकर बियर, ड्राईगन बियर, ब्यू डाईमन्ड,जिनल, कि¨, लाईभ, भर्जिन नामक करिब साठी हजार बराबरको मदिरा नस्ट गर्नुका साथै बिना ईजाजत बिक्रीबितराण गरिरहेको एक जना पसल संचालकलाई समेत कारवाहीको दायरामा ल्याएको छ । अबैध मदिरा बरामत गरी नस्ट गर्ने कार्य जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी र प्रहरी चौकीले पनि गर्दै आईरहेको छ ।

पछील्लो समयमा प्रहरीले समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका बिभिन्न गाउँबस्तीमा अबैध मदिरा सेवन, महिला हिंसा, लैंगिक हिंसा, लागु औषीध प्रयोग, बोक्सा बोक्सी प्रथा, छाउपडी प्रथा, जातीय छुवाछुत, जुवातासका विषयमा जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस