६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ए’ डिभिजन लिग : मनाङ दुई खेलअगावै लिग च्याम्पियन

अ+ अ-

काठमाडौं । मनाङ–मस्र्याङ्दी क्लबले २ खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।

आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङ आठौँ पटक लिग च्याम्पियन बनेको हो । पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक थियो ।

मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडिलाजा सोमिडेले एक एक गोल गरे । सङ्कटाका सेड्रिक अबाले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा विशाल राईको गोलमार्फत मनाङले अग्रता बनाएको थियो । त्यस्तै ८७औँ मिनेटमा विशालकै क्रसमा एडिलाजाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा पुजन उपरकोटीले गोल गर्दै मनाङको जित सुनिश्चित गरे ।

खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि सेड्रिक अबाले सान्तोना गोल फर्काएका थिए । लिग उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ । मनाङले यसअघि २०४२/२०४३, २०४३/२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० गरी सात पटक उपाधि जितिसकेको छ ।

मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अङ्कका साथ लिग जितेको हो । दोस्रो स्थानको सङ्कटाको ११ खेलबाट २५ अङक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ ।

जारी लिगमा मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध ३–१, दोस्रोमा एनआरटीविरुद्ध २–०, तेस्रोमा थ्री स्टारविरुद्ध २–१, चौथोमा एपिएफविरुद्ध २–१, पाँचौमा सरस्वती युथविरुद्ध २–०, छैटौँमा जावलाखेल युथविरुद्ध १–०, सातौँमा मच्छिन्द्रविरुद्ध १–०, आठौँमा त्रिभुवन आर्मीविरुद्ध १–०, नवौँमा च्यासल युथविरुद्ध ३–१, दशौँ चरणमा नेपाल पुलिसविरुद्ध १–० र एघारौँ चरणमा सङ्कटाविरुद्ध ३–१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । मनाङ अब १२औँ चरणमा हिमालयन शेर्पा तथा अन्तिम चरणमा फ्रेण्ड्सविरुद्ध खेल्नेछ ।

मनाङले उपाधि जितेसँगै जारी लिगमा उसका लागि फरवार्ड ओलावाले आफिजले छ तथा अञ्जन विष्टले पाँच गोल गरेका छन् । मनाङले ११ खेलमा पाँच गोल खाँदा २१ गोल गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस