३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सन्तानको अभियानमा चेपाङ

अ+ अ-

रत्ननगर । कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखापरे। उनको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेका हुन् ।

“धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उनले भने, “दुई सन्तान, ईश्वरका बरदान हुन्, त्यसैले शिविरमा केही परामर्श पाइन्छ कि भनेर आएकी हुँ ।”

सिद्धि क्षेत्र निवासी गणेश लामाको चार वर्षीया छोरी छिन् । “धेरै सन्तान जन्माउने बस्ती भनेर पहिला चिनिन्थ्योे”, उनले भने, “अब सानो परिवार भएको बस्ती भनेर चिनाउनै पर्छ, हामीजस्ता युवाले यो सन्देश दिन लागेका छौँ ।”

साविकको सिद्धि क्षेत्रमा एकै परिवारमा १८ जनासम्म बालबच्चा एउटै दम्पती भएका उदाहरणसमेत छ । “नयाँ पुस्ता सानो परिवार बनाउने अभियानमा छन्”, आधारभूत विद्यालय कल्याणचौरका प्रधानाध्यापक दिनेश प्रजाले भने, “ पहिला चेतना नभएकाले रोग लागेर मर्ने डरले धेरै सन्तान जन्माउने प्रचलन थियो तर यो अवस्थामा सुधार आएकोे छ ।” उनका अनुसार सिद्धि क्षेत्रमा मात्रै करीब २५० जनाले कक्षा १० सम्मको पढाइ पूरा गरिसकेका छन् । “शिक्षित जनशक्ति तयार भएपछि अहिले थोरै सन्तान बनाउने परिवार बन्न थालको र मृत्युदर तथा जन्मदरमा पनि कमी आएको प्रधानाध्यापक प्रजाले बताए ।

रेन्तेस गाउँका अगुवा मानबहादुर प्रजा परिवार नियोजन गर्न नमान्ने समुदाय सचेत बन्दै जान थालेको बताए। “थोरै सन्तान चाहने दम्पती धेरै छन्, वडातहमै परिवार नियोजनबारे सेवा दिन सके अझै कमी आउने थियो”, उनले भने, “बन्ध्याकरण गर्न भरतपुर जाँदा निकै सास्ती खेप्नुपर्छ, बेलाबखत गाउँमा हुने शिविरले त्यहाँसम्म जान सहज भएको छ ।”

कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले वडातहमा स्वास्थ्यचौकी नहुन्दा स्थानीयवासीवासीले निकै सास्ती खेप्नुपरेको बताए । चेतनास्तरमा सुधार भएपनि स्वास्थ्य सेवा लिन सास्ती खेप्नुपर्ने भएकाले स्वास्थ्यचौकी र एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य आफूले लिएको उनले जानकारी दिए ।

नेपाल परिवार नियोजन सङ्घका सदस्य निर्मल पौडेलले शिविरमा १६ महिलाले स्थायी बन्ध्याकरण तयार बताए । “थोरै सन्तान सबैको चाहना बनेको छ”, उनले भने, “घरसल्लाह गरेर बन्ध्याकरण गर्ने प्रतिबद्धता गरेका छन्, आवश्यक परे निःशुल्क सेवा दिन पनि तयार छौँ ।”

सो अवसरमा ४० जनालेपाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । “जोखिम अवस्था भेटिएन, सामान्य संक्रमण हुने धेरै आए”, विपी मेमोरिल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम तथा नियन्त्रण विभागका वरिष्ठ नर्स अयोध्या पाठकले भने, “बेलाबखत स्वास्थ्य जाँच गर्न नपाएको गुनासो गर्ने धेरै थिए, शिविरलाई अभियानका रुपमा चलाउन सके सम्भावित जोखिम कम गर्न सकिनेछ ।” सो अवसरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा करीब १५० जनाको आँखा परीक्षणसमेत गरिएको थियो ।

न्यानो साटे

भरतपुर क्षेत्रका महिलाको नेतृत्वमा बनेको स्पन्दन नेपालले कालिका–११ रन्तेसमा न्यानो साटेको (न्यानो कपडा उपलब्ध गराएको) छ । आधारभूत विद्यालयमा कक्षा ४ सम्म अध्ययनरत ६९ बालबालिकालाई उक्त संस्थाले ट्र्याकसुट उपलब्ध गराएको हो ।

“गत वर्षको सहयोगलाई निरन्तरता दिएका हौँ”, संस्थाकी अध्यक्ष विमला दाहालले भने, “पढाइमा प्रोत्साहन दिन र फजुल खर्चलाई कटौती गरेर सामाजिक काममा लगाउन यो संस्थाले सक्रियता बढाइरहेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस