३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिगम्बर झाले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।

चौतर्फी विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्देशनपछि झाले राजीनामा दिएका हुन् ।

पुस ८ गते मात्रै झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका ४३ केन्द्रीय सदस्यहरूले हालै स्थायी कमिटीमार्फत पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए । यससँगै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।

सम्बन्धित समाचार: दिगम्बर झालाई बर्खास्त गर्न नेकपाका ४३ केन्द्रीय सदस्यको माग

दिगम्बर झा, जसले आर्थिक अनियमितता गर्‍यो र भ्रष्टाचार गर्‍यो भनेर आफैले अपदस्थ गर्ने, अपदस्थ गरेको ५० दिनमा पुन नियुक्त गर्नुको पछाडिको कारणबारे नै नेतृत्वसँग जवाफ मागिएपछि झा दबाबमा परेका थिए ।

यद्यपि उनले बुधवार पत्रकार सम्मेलन गरी आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमानदार, कर्तव्यनिष्ठ कर्मचारी भएको भएको दाबी गरेका थिए । तर पार्टिभित्रैबाटको दबाब थेग्न नसकेपछि उनले राजीनामा दिनुको विकल्प थिएन ।

गत २० असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय अनुरुप पदमुक्त भएका झा सरकारको निर्णयविरुद्ध पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट समेत हालेका थिए।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजकत्वको समितिको सिफारिसका आधारमा सरकारले आफ्नै निर्णय उल्ट्याउँदै पुनः दिगम्बर झालाई नै नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार : आफ्नै निर्णय उल्ट्याउँदै सरकारद्धारा प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर झा नियुक्त

गुरुङ संयोजकत्वको समितिले प्राधिकरणको अध्यक्षका लागि पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनालको नाम सिफारिस गरेको थियो ।

२०६९ र २०७४ सालमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका झाले पहिलो कार्यकालको समयावधि नसकिँदै पदमुक्त भएपछि अदालतको अन्तरिम आदेश लिई पुरा समय काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस