२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर

अ+ अ-

बेझाड । माथागढी गाउँपालिका–१ चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १४५ महिलाले सेवा लिएका छन् ।

घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा पाठेघरको परीक्षण, पिष्टुला पहिचान, पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार नियोजनको पाँच वर्षे अस्थायी साधन इम्प्लान्ट सेवा र आइयुसिडी सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सरसम्बन्धी १३९ जनाले स्वास्थ्य परीक्षण गराएकामा १३३ जनाको शिविरमा उपचार गरिएको थियो । छ जनालाई परीक्षणका लागि अन्यत्र रिफर गरिएको चिदीले बताए । दुसई सय पाँच जनाले अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सेवा र चार जनाले आइयुसिडी सेवा लिएका छन् । गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि यहाँका महिलालाई ठूलो सहयोग मिलेको छ ।

गाउँघरमा अझैपनि रोग लुकाएर बस्ने र स्वास्थ्य संस्थामा पुगेर परीक्षण नगराउने प्रबृत्ति छ । बेला बेलामा हुने यस्ता शिविरमार्फत महिलाले आफ्ना समस्या खुलेर राख्ने गर्छन् । यहाँका महिलामा पाठेघरको समस्या अत्यधिक छ । स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका र आर्थिक अभावमा उपचारमा समस्या झेल्दै आएका विपन्न र दलित महिलालाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र उपचार सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।

“बेला बेलामा गाउँ बस्तीमै पुगेर स्वास्थ्य शिविरमार्फत उपचार सेवा दिँदै आएका छौँ,” उनले भने । गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण तथा औषधी उपचार सेवा प्रदान गर्दै आएको छ । शिविरमा जिल्ला अस्पताल र परिवार नियोजन सङ्घका तालीम प्राप्त स्वास्थ्यकर्मीको टोली संलग्न थियो । रासस

प्रतिक्रिया दिनुहोस