२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा अज्ञात रोगले एक हजार बाख्रा मरे

अ+ अ-

राँझा । बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् ।

दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए ।

बाख्राको पेट फुल्ने, मुखबाट र्‍याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । ‘बाख्रा पालेरै खर्च चलाउने हामीलाई ठूलो क्षति भयो, अझै कति बाख्रा मर्ने हुन् थाह छैन’, उनले याचना गरे, ‘गाउँभरि त्रास फैलिएको छ । हाम्रा बाख्रा बचाइदिनुपर्‍यो ।’

‘साँझ चरेर आउँदा ठिकै हुन्छन् रातपरेपछि बिरामी हुन्छन्, मेरामात्रै १४ वटा बाख्रा मरिसके’, कम्दी पदमपुरका किसान ललित शाहीले भने, ‘गाउँमा सबैका बाख्रा धमाधम मरिरहेका छन् तर गाउँपालिकाले दिएको औषधिले कामै गरेन ।’

बाख्रा मर्नेक्रम नरोकिएपछि कम्दीका बाख्रापालक किसान उपचारको माग गर्दै नेपालगञ्जस्थित भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र आइपुगेका छन् । बाख्रा बिरामी परेको बेला खबर गर्दा गाउँपालिका पशु स्वास्थ्य शाखाबाट चिकित्सक पुग्ने गरे पनि नियमितरुपमा आउने जाने नगरेको कम्दी पदमपुरका किसान टीकाराम योगीले बताए ।

‘बोलाएका बेला आउनुहुन्छ तर औषधिले काम गर्‍यो गरेन वा के कसो भयो भनेर सोध्न आउनुहुन्न’, योगीले भने, ‘औषधि खुवाउँदा सञ्चो भएजस्तो हुन्छ फेरि एकाएक बिरामी परेर बाख्रा मर्ने गरेका छन् । हाम्रा बाख्राको ज्यान बचाइदिनुपर्‍यो हाम्रो ठूलो क्षति भइसक्यो ।’ उनको दुईहप्ताभित्र छ वटा बाख्रा मरिसकेका थिए ।

डुडुवा गाउँपालिका–५ कम्दी सानोखजुराका कुमराज कुम्हालले आफ्ना २४ वटा बाख्रा मरिसकेको जानकारी दिँदै भने, ‘गाउँपालिकाबाट आएका चिकित्सकको भरपर्दा बाख्रा मरेर सकिन थाले रोग निको नै भएन ।’

डुडुवा गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक तथा पशु चिकित्सक अशोक पाण्डेले रोगको पहिचान गर्नमै समस्या भएको बताउछन् । ‘किसानको फोन आउनासाथ हामी घरमा पुग्ने गरेका छौँ तर औषधि गर्दागर्दै बाख्रा मर्ने गरेका छन्’, उनले भने, ‘साँझ ठीक हुन्छ रातभरिमा बिरामी पर्ने र मर्ने गरेकाले रोग पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।’

कुनै नयाँ रोगको आशङ्कामा बाख्राको रगत परीक्षणका लागि सुर्खेत पठाइएको चिकित्सक पाण्डेको भनाइ थियो । रोगको पहिचान नभएकाले रोकथाममा समस्या भएको उनले बताए । रोगको पहिचान र रोकथाममा सहयोगका लागि नेपालगञ्जस्थित केन्द्रमा समेत अनुरोध गरिएको उनले जानकारी दिए ।

उक्त अस्पतालका प्रमुख डा.हरिबहादुर कुँवरले बाख्रा मरेको किसानले जानकारी गराएको बताए । स्रोत र साधन सबै स्थानीय तहमै भएकाले आफूले समन्वयमात्रै गर्ने उनको भनाइ थियो ।

चिकित्सक कुँवरले यो याममा बाख्राको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बाख्रा बिरामी पर्ने गरेको बताए । पौष्टिक आहारयुक्त दाना खुवाएमा रोग लाग्ने सम्भावना कम हुनसक्ने उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस