२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पिक एण्ड ड्रप’ कार्यक्रम उपत्यकाव्यापी बनाउन नागरिकको आग्रह

अ+ अ-

काठमाडौ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमबाट ट्राफिक जाम कम भएको जनाएको छ । टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट लगायतका स्थानमा शुरु गरेको उक्त कार्यक्रम प्रभावकारी हुँदा यात्रु र चालक दुवैलाई फाइदा पुगेको छ ।

आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हुँदा यी समस्याको समाधान हदा प्रभावकारिता बढेको हो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार काठमाडौंको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको हो ।

कार्यक्रम प्रभावकारी हुँदा जमल, त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम नभएको पनि महानगरको भनाइ छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ ।

बनेपा, भक्तपुर, नागढुङ्गा, चोभार जाने लामो दूरीका बस लामो समयसम्म यात्रुको पखाईमा रोकेर बस्दा ‘पिक एण्ड ड्रप’ कार्यक्रमलाई केही समस्या बनाएको छ ।

पूर्णरूपमा यस कार्यक्रम प्रभावकारी बनाउन महानगरले केही स्थानमा मात्रै नभई कामपाको अन्य स्थान र अरु नगरपालिका र महानगरको सहकार्यमा यस कार्यक्रमलाई काठमाडौं उपत्यकाभरि नै फैलाउनपर्ने यात्रुको भनाइ छ ।

हरेक दिन नागढुङ्गादेखि आएर न्यूरोडको एक कार्यालयमा काम गर्ने शान्ता अधिकारीले भने ‘काठमाडौँको जामको समस्या कम गर्ने हो भने केही स्थानमा मात्रै कार्यक्रम ल्याएर पुग्दैन, उपत्यकाभरि नै यस्ता कार्यक्रमलाई विस्तार गर्न आवश्यक छ ।’

उनका अनुसार सबै स्थानमा व्यवस्थापन नहुने हो भने एक स्थानको समस्या अर्कै स्थानमा थुप्रर्ने गर्छ, अनि समस्या ज्युँ का त्युँ रहन्छ ।

यात्रुको यस्तो गुनासो भइरहेका बेला कामपाको प्रमुख विद्यासुन्दर शाक्यले भने पहिलो चरणमा मात्रै केही स्थानमा कार्यक्रम शुरु गरेको र अबको केही महीनाभित्रै नागरिकको भावनाअनुरूप अन्य स्थानीय निकायसँगको सहकार्यमा उपत्यकाव्यापी बनाउने बताए । उजले भने पहिलोपटक शुरु गरेको कार्यक्रम भएकाले १र२ महीना यसको प्रभावकारिता हेरी अन्य स्थानमा विस्तार गर्न कामपा सक्रिय छ ।’

काठमाडौँमा कलङ्की, बालाजुचोक, चावहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायतका स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टौं जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् ।

त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन ।

गत साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिन सकेको छैन । कामपाले चालू आव २०७५र७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ ।

कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

प्रतिक्रिया दिनुहोस