२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाज विकास र सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्छ : उपप्रम पोखरेल

अ+ अ-

भक्तपुर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रममा उनले सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन भने ।

उनले भने,“भक्तपुरमा सञ्चालन भइरहेको हनुमन्ते नदी र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूना अभियान भएको छ, यो अभियानले समाजलाई एकताबद्ध बनाएर लैजानुको साथै जनतालाई उत्प्रेरणा दिइरहेको छ, अब भक्तपुर नमूनायोग्य जिल्ला बन्ने छ ।”

भक्तपुरको दुबै अभियानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै उनले यो अभियानमा नेकपा र नेपाली काँग्रेससँगैसँगै लागेर उदाहरणीय कार्य गरेको भनाइ राखे । राजनीतिमा प्रतिस्पर्धा गरेपनि जनताको समृद्धिमा सबै दल मिलेर जानुको विकल्प नरहेको औल्याउँदै उपप्रधानमन्त्री पोखरेलले भने, “सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारा एउटा पार्टीको नारा नभई सबै नेपालीको नारा हो, यो नारालाई व्यवहारबाटै सफल पार्नु भनेको देशलाई समृद्धिको खुट्किला चढाउनु हो ।”

उनले सार्वजनिक जग्गा, सडक, नदी, सम्पदा अतिक्रमण गर्नु सामाजिक अपराध भएको बताउँदै कुनै पनि पार्टीको झण्डा, सोर्सफोर्स, नेता वा कुनै पनि ओदोहामा भएको आडमा यस्तो अपराध हुन नहुने भनाइ राखे ।

कार्यक्रममा उनले भक्तपुरमा आइपर्ने कुनै विपदका लागि आवश्यक पर्ने विपद् व्यवस्थापनका रु २० लाख बराबरको बञ्चरो, साबेल, हेम्बर, पानी बोट, पिक, पञ्जा, स्टेचरलगायतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले अरनिको राजमार्गको तेस्रो चरणको अभियान शुरु हुने बताए । उनले हरेक बुधबार अरनिको राजमार्ग र हरेक शनिबार हनुमन्ते नदीको सफाइलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रदेशसभा सांसद डा राजेन्द्रमान श्रेष्ठ, शशीजङ्ग थापा, रजनी जोन्छे, सूर्यविनायक नपाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठ, चागुनारायण नपाका प्रमुख सोम मिश्र, नेकपाका केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपाका भक्तपुर अध्यक्ष वचन देउजा, नेपाली काङ्ग्रेस भक्तपुर सभापति दुर्लभ थापालगायतले सफाइ अभियान प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस