२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता कीर्ते प्रकरणमा थुनामा रहेका भारतीयको मृत्यु

अ+ अ-

सप्तरी । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ ।

नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा ल्याउँदा अग्रवालको मृत्यु भइसकेको थियो ।

मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामी अग्रवाललाई अकस्मात् पेट दुखेपछि तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिए । सात महीनाको अवधिमा उनलाई तीन पटक न्युरो अस्पतालमा उपचार गराएरसमेत ल्याएको जेलर यादवले बताए । शुक्रबार अपराह्न पानीपुरी खाएका अग्रवालले गस्तीका बेला आफूसँग कुराकानीसमेत गरेको जेलर यादवले उल्लेख गरे ।

अग्रवालकी श्रीमती मोनिका समेत कीर्ते नागरिकतामा फरार रहेकाले श्रीमान्को शव बुझ्न आएकी छैनन् । भारतको हरियाणा जिल्ला इशार नगरपालिका उगालन ग्राम पञ्चायतका अग्रवालले कर्मचारीको मिलेमतोमा ०६४ मङ्सिर २५ गते नागरिकताको प्रतिलिपि लिएको भन्दै सप्तरी प्रहरीले कारवाही चलाएको थियो ।

राजविराज नगरपालिका–१ घर खुलाई वंशजको आधारमा २०५२ असार १५ गते ५९४३२ नम्बरको नेपाली नागरिकता लिएको झुठा अभिलेख विवरण खडा गरी नागरिकताको प्रतिलिपि दिएको आरोपमा अग्रवालसमेत तीन जना कर्मचारीमाथि समेत मुद्दा चलिरहेको छ ।

नागरिकता प्रतिलिपिका लागि अनुसूची फारममा सही गरेको आरोपमा राजविराज नगरपालिकाका तत्कालीन वडासचिव राजकुमार देव, अनुसूचीको पछाडि हुँदै नभएको अभिलेखको व्यहोरा भनी लेखेको आरोपमा तत्कालीन फाँटवाला भगवान दाहाल र अभिलेख रुजु नगरी प्रतिलिपि जारी गरेको आरोपमा प्रशासकीय अधिकृत जनक कोइरालामाथि समेत कारवाही चलिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस