डुङ्गामा आगलागी हुँदा अल्जेरियाली तटमा २० जना बेपत्ता « प्रशासन
prasaLogo
६ पुष २०७५, शुक्रबार

डुङ्गामा आगलागी हुँदा अल्जेरियाली तटमा २० जना बेपत्ता


प्रकाशित मिति : 21 December, 2018 7:40 pm

अल्जेर्स । अल्जेरियाली तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुदाँ २० आप्रवासी बेपत्ता भएका छन् ।

सुरक्षा श्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएअनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए ।

घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालिमप्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट ९ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ । ती मध्ये २ जना बालबालिका रहेका छन् ।

उद्धारगरिएकाहरु मध्ये केहीलाई आगोले डडाएकोले सामान्य घाइते लागेको अधिकारीहरुले बताएका छन् ।

‘उद्धारगरिएकाहरुको अवस्था स्थिर रहेको छ,’पश्चिमी अल्जेरियाको एउटा अस्पतालका निर्देशक मोहम्मद सायबले भने । उद्धार गरिएकाहरुलाई त्यही अस्पतालमा लगेर उपचार गराइएको छ ।

समाचारमा जनाइएअनुसार डुङ्गामा रहेका सवै जना अल्जेरियाका हुन् । आगलागी भएपछि यात्रुहरू उफ्रिएर भागेका थिए । आगो के कारणले लाग्यो भन्ने अहिले सम्म एकीन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस