२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रियकरण गरिने

अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा पुस १६ र १७ गते जिल्ला समन्वय समिति महासंघको आयोजनामा हुने जलवायु परिवर्तनबारे राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

सतहत्तर वटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सम्बन्धित मन्त्रालयका अधिकारी, जलवायु परिवर्तन विज्ञसहितको उपस्थितिमा आयोजना हुने उक्त सम्मेलनले जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनीकरण गर्न साझा घोषणापत्र जारी गर्नेछ ।

सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका योजना निर्माणको आवश्यकताको बोध हुने, स्थानीय तहको योजनामा मूल प्रवाहीकरण गर्न सहयोग गर्ने, जलवायु परिवर्तनका कारणले कृषि, जलस्रोत, वन तथा जैविक विविधतामा पारेको असरका बारेमा छलफल हुने बताइएको छ ।

देशलाई जलवायुमैत्री उन्मुख देश हुनका लागि मद्दत गर्ने, जलवायु परिवर्तनसँगै अनुकूलित योजना निर्माण र परिवर्तन न्यूनीकरणका गतिविधि सञ्चालन गर्नका लागि नीति निर्माण एवं परिमार्जन र कार्यान्वयनमा सरोकारवालालाई निर्देशित गर्ने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

उनका अनुसार प्रत्येक जिल्लाबाट प्रमुख उपप्रमुख, एकजना सदस्यसहित ३ जनाको उपस्थिति रहने छ । सम्मेलनमा सहभागी हुनका लागि १५ गते ११ बजे ७७ वटै जिल्लाका प्रमुख राष्ट्रिय झण्डा बोकेर सुन्दरीजलबाट सुरुङमार्ग हुँदै काउले दोबान निस्कने योजना रहेको प्रमुख तामाङले बताए ।

राष्ट्रिय झण्डा गुफा डाँडामा पु¥याएर गाडिनेछ । सम्मेलन हुने स्थान गुफाडाँडामा जाने मोटरबाटो खन्ने, धारा पानीको व्यवस्थापनका साथै चउर सम्याउने काम भइरहेको तामाङले बताए । विगतमा काठमाडौंको सुविधा सम्पन्न होटलमा गरिने कार्यक्रमभन्दा राम्रो र स्तरीय बनाउनका लागि जिल्ला सम्मन्वय समितिको पहललाई सकारात्मकरुपमा लिइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अन्तर्राष्ट्रियस्तरका दातृ निकायलाई जलवायु परिवर्तनको असर, सिन्धुपाल्चोकमा कस्तो असर देखिएको छ भन्ने विषयमा जानकारी दिन सम्मेलन गुफाडाँडामा आयोजना गरिएको हो । संयोजक तामाङले भने, ‘सो सम्मेलनमा भाग लिनेहरुले मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गमा पनि प्रवेश गर्ने मौका पाउनेछन् ।’

सम्मेलनबाट जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरिनेछ । तामाङका अनुसार सम्मेलनमा छ जना विज्ञबाट जलवायु परिवर्तनले सिन्धुपाल्चोकको आर्थिक, सामाजिक, पर्यटकीय, कृषि, पानीको स्रोत, वातावरणीय रुपमा कस्तो असर पारेको छ रु भन्ने विषयमा पनि अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत हुनेछ ।

‘हामीले विकसित देशहरुले उत्सर्जन गरेको अत्यधिक कार्बनको सामना गरिरहेका छौँ,’ तामाङले भने,’दुई ठूला विकासशील देश भारत र चीनले उत्सर्जन गरेको कार्बनले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ, त्यसैले नेपालको विकास र यसको प्रभाव न्यूनीकरण गर्न दुवै छिमेकीले रोयल्टी दिनु पर्दछ ।’

उनले भारत र चीनबाट रोयल्टी पाउनु पर्ने माग पनि सम्मेलनमा अघि सारिने जानकारी दिए । विगत वर्षमा प्रायः गरेर पाँचतारे होटलमा गरिने यस्ता कार्यक्रम यस वर्ष प्रत्यक्षरुपमा जलवायुसँग सरोकार रहेको स्थानमा गरेर स्थलगत तथा एक प्रकारले भन्ने हो भने प्रयोगात्मक ढङ्गले सिन्धुपाल्चोकमा गर्नका लागि जिल्ला सम्मन्वय समितिले खेलेको यो भूमिकाको सबैतिर प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस