२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला चिडियाखाना बनाइँदै

अ+ अ-

पर्वत । पर्यटन प्रवर्द्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ ।

घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याएको हो । समुद्री सतहबाट दुई हजार २५९ मिटरको उचाइमा रहेको डहरेदेउरालीलाई चिडियाखाना बनाउन नगरपालिकाले चालू वर्षदेखि नै बजेटको व्यवस्था गरिएको जनाएको छ ।

नगरप्रमुख पदमपाणि शर्माका अनुसार यो अवधारणा मुलुकमै पहिलो हो । “तारबारले घेरिएका चिडियाखाना हामीले जहाँकहीँ देखेका छौ”, उनले भने, “वन्यजन्तुलाई खुलारूपमा संरक्षण गरेर अवलोकन गर्नसक्ने चिडियाखाना हाम्रो नयाँ अवधारणा हो ।”

स्थानीय जङ्गलमा पाइने जनावरको संरक्षण गरी पदयात्रीलाई सहजै जनावरको अवलोकन गर्ने गरी व्यवस्था मिलाइने उनले बताए । डहरेमा दुईतर्फ चुच्चो परेका पहाडका टापुले यहाँको सौन्दर्यमा थप निखार ल्याएका छन् ।

स्याङ्जाको केही भागसँग जोडिएको डहरेमा फलेबास नगरपालिकाको १, २ र ९ वडामा फैलिएको घना जङ्गल छ । डहरेलेकमा कालो भालु, चितुवा, मृग, ब्वाँसोलगायत जङ्गली जनावर पाइने स्थानीयवासी बताउँछन् । त्यस्तै कालिज, लामपुच्छ्रे, लुइँचे, तित्रा, ढुकुरलगायत चराचुरुङ्गी पनि पाइन्छन् ।

गुराँसले ढाकिएको यो क्षेत्रमा पुग्ने पर्यटक मनोरम प्राकृतिक सुन्दरतामा रमाउने गरेका छन् । वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ उडान, डहरेदेउराली मन्दिरको प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।

फलेबास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर ‘मनमोहन शान्ति बाटिका’ निर्माणको काम शुरु गरिरहेको छ । डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ उडान गर्ने गरी सम्भाव्यता अध्ययनसमेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटाले बताए ।

डहरे क्षेत्रमै पर्ने फलेबास–२ खुमगाउँका ५० घरमा घरबास सञ्चालन भइसकेको छ । मगर समुदायको बाहुल्य रहेको खुममा आन्तरिक पर्यटक बढिरहेका छन् । डहरे पुग्न नेपालकै पहिलो घरबास गाउँ स्याङ्जाको सिरुबारीबाट दुई घण्टा पैदलयात्रा गर्नुपर्छ । रासस

प्रतिक्रिया दिनुहोस