३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा एचआइभी विरुद्धको औषधि खाँदै

अ+ अ-

धनगढी । कैलाली जिल्लामा एक हजार २६१ एचआइभी सङ्क्रमितले यो रोग विरुद्धको एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् । आर्थिक वर्ष २०७२/७३ मा ९९८, वर्ष २०७३/७४मा एक हजार १५४ र वर्ष २०७४/७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेकोमा चालु वर्षको गएको कात्तिक महीनासम्म औषधि खानेको सङ्ख्या एक हजार २६१ जना पुगेको हो ।

जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ ।

यस बाहेक गोदावरी नगरपालिकाको मालाखेती अस्पतालबाट पनि गएको साउनदेखि एचआइभी सङ्क्रमितलाई एआरटी औषधि खुवाउन थालिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिए ।

एआरटी औषधि खानेमध्ये सबैभन्दा बढी महिलाको सङ्ख्या ६५४ रहेको छ । वयस्क पुरुष ४८४, समलिङ्गी १४ जना र बालबालिकाको सङ्ख्या १०९ रहेको छ । यो रोगप्रति बढेको चेतनाका कारण सङ्क्रमितहरू पहिलेको तुलनामा खुलेर आउन थालेको र रोग निदान तथा उपचारमा सरकारले अपनाएको नीतिका कारण पछिल्ला वर्षमा यो रोगबाट मृत्यु हुने क्रम घटेको पाइएको एचआइभी एडस रोकथामको क्षेत्रमा कार्यरत एड्स हेल्थ केयर सेन्टरका माधव पन्तले बताए ।

जिल्लामा गतवर्ष जम्मा छ हजार ४८१ जनाको एचआइभी जाँच गरिएकोमा ११५ जना सङ्क्रमित फेला परेका थिए । गएको साउनदेखि कात्तिकसम्म थप ६९३ जनाको जाँच गरिएकोमा २८ जना सङ्क्रमित फेला परेका छन् । एचआइभी देखिनेमध्ये सबैभन्दा बढी भारतमा काम गरेर फर्किने पुरुष कामदार र तिनका परिवार रहेको पाइएको एआरटी सेन्टरका लोकराज पनेरुले बताए ।

जनस्वास्थ्य निरीक्षक चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताए । रासस

प्रतिक्रिया दिनुहोस