२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा प्रतियोगितात्मक चित्रकला कार्यशाला

अ+ अ-

लुम्बिनी । विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी चित्रकारको सहभागितामा प्रतियोगितात्मक स्थलगत चित्रकला कार्यशाला आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा शुरु अन्तर्राष्ट्रिय जलरङ महोत्सव तथा बृहत् चित्रकला प्रदर्शनीअन्तर्गत लुम्बिनीमा आज स्थलगत चित्रकला कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा नेपाल र विदेशका गरी झण्डै ४० जना चित्रकार सहभागी छन् । चित्रकारले बनाएका चित्रमध्ये उत्कृष्ट १५ चित्रलाई पुरस्कृत गरिने समाजका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । आगामी शनिबार दरबार स्क्वायरमा आयोजना हुने बृहत् स्थलगत चित्रकला कार्यशालाका क्रममा ती चित्रलाई उत्कृष्ट घोषणा गरी अवार्ड वितरण गरिनेछ ।

कार्यशालामा सहभागी अधिकांश चित्रकारले लुम्बिनीस्थित गौतमबुद्ध जन्मस्थल मायादेवी मन्दिरको चित्र उतारेका छन् । “विश्व शान्तिको भूमि, बुद्धको जन्मथलो भएकाले मायादेवी मन्दिर चित्रमा उतार्न मन पर्‍यो,” अमेरिकाकी चित्रकार मिनी भेलेरोले भने । उनले मायादेवी मन्दिर सामुन्य बोधिवृक्षको फेदीमा पुष्कर्नी पोखरी किनारमा बसेर २ वटा चित्र कोरे ।

विश्व शान्ति क्षेत्रको केन्द्रबिन्दु भएकाले चित्रमा मायादेवी मन्दिर र आसपासका सुन्दर दृष्य बनाएको चित्रकारले बताए । कलाकारले यहाँ पुग्दा साँच्चिकै शान्ति महसुस भएको र फरकफरक देशका स्तूपा, चैत्य गुम्बा हेर्न पाउँदा खुशी व्यक्त गरे ।

अन्तर्राष्ट्रिय जलरङ समाजका विश्व अध्यक्ष क्यानडाका अतानुर डोगानले नेपाललाई रङ्गीचङ्गी देशका रुपमा चित्रित गरे । लुम्बिनी आउँदा शान्ति महसुस भएको बताउँदै उनले भने, ‘लुम्बिनीले धेरै प्रभावित बनायो, चित्रको माध्यमबाट विश्वमा शान्तिको सन्देश दिनु हाम्रो उद्देश्य हो, यो हामी गर्छौं ।’

न्यूजील्याण्डकी गेनेटी वाङले मायादेवी मन्दिरलाई केन्द्रमा राखेर चित्र उतारे । बङ्गलादेशका कौशर हुसेनले मायादेवी मन्दिरको दाहिने भाग समेटेर बुद्धका शिष्य बस्ने पुराना भग्नावशेष उतारे । बङ्गलादेशकी फारिसाले बोधिवृक्षलाई केन्द्रमा राखेर चित्र उतारे ।

भारतका अमलेश मजुमदरले मायादेवी मन्दिर परिसरमा टागिएको लोन्दरसहितको बोधिवृक्ष र आसपासका क्षेत्रलाई कैद गरे। काठमाडौंका चित्रकार लालकाजी लामाले लुम्बिनीमा स्वर्गको अनुभूति महसुस गरेकाले आफ्नै अनुभूतिलाई चित्रमा ढाले । मङ्गोलियाका मुख्खु गुगुले बोधिवृक्षलाई उतारे । चित्रकार केशवराज खनाल, चितवनका डि बराल र भीम श्रेष्ठ, पाल्पाका डिराम पाल्पाली, धनकुटाका डिल्ली कृष्ण आले, मोरङकी सरोजा खड्गी, भारतका अमित कपुर, पोखराका मनोज स्याङ्तान, भारतका प्रशान्त कटुवा, चीनका जाओ सिनलगायतले लुम्बिनीका सुन्दर चित्र उतारे ।

चित्रकोर्न मङ्गलबार चित्रकार लुम्बिनी आइपुगेका थिए । चित्रकारले बुधबार स्थलगतरुपमा लुम्बिनीको भ्रमण गरी विभिन्न क्षेत्रका दृष्य कैद गरेका थिए । बुधबार केही चित्रकारले क्यान्भासमा दृष्य उतारे पनि आज औपचारिकरुपमा कार्यशाला भएको हो ।

शुक्रबार काठमाडौं फर्किएपछि चित्रकारले काठमाडौंका सम्पदा सूचीमा रहेका स्वयम्भू, पशुपतिनाथ, दरबार स्क्वायरको भ्रमण गर्नेछन् । विदेशी चित्रकार सहभागी भएकाले नेपालको प्रचारप्रसार र शान्ति भूमिको विश्वमा पहिचान दिलाउन सहयोग गर्ने विश्वास नेपाली चित्रकारको छ । विदेशी चित्रकारले लुम्बिनीको शान्त वातावरण रमणीय भएको प्रतिक्रिया दिएका छन् ।

कार्यशालामा नेपालसहित अन्तर्राष्ट्रिय जलरङ समाजका विश्व अध्यक्ष क्यानडाका अतानुर डोगान, भारतका कन्ट्री प्रमुख अमित कपुर, बङ्गलादेशका कन्ट्री प्रमुख कौशर हुसेन, मङ्गोलियाका मुक्खु गु गु, अमेरिकाकी मिनी भेलेरो, न्यूजील्याण्डका जिनेट वाङ र चीनका जाओ सिनसहित २० विदेशी गरी ४० जना भन्दा बढी चित्रकार छन् । महोत्सवअन्तर्गत काठमाडौंमा ३८ देशका २७० चित्र प्रदर्शनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस