गुल्मीको कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीको कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


वामी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक ९ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा १ कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका १/१ जनालाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

वडा कार्यालयमा आएका निवेदनअनुसार व्यक्ति तथा समूहलाई वडाको सिफारिशअनुसारलाई ट्र्याक्टर वितरण गरिएको अधिकृत भण्डारीले बताए ।

उनका अनुसार बोलपत्र प्रक्रियाबाट रु ७५ हजारमा खरीद गरिएका ट्र्याक्टरलाई रु ३७ हजार ५०० नगरपालिकाको अनुदान सहयोग तथा रु ३७ हजार ५०० स्वयं कृषक वा समूह आफ्नै लगानीमा हाते ट्र्याक्टर पाएका हुन् । कृषकलाई खनजोतमा सहज होस र उत्पादन वृद्धि गरी समृद्ध मुसिकोट निर्माणमा कार्यक्रम फलदायी हुने अधिकृत भण्डारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस