कुमारी बैंकले लाभांश शेयर दिने, पुग्ने भयो ८ अर्ब « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कुमारी बैंकले लाभांश शेयर दिने, पुग्ने भयो ८ अर्ब


प्रशासन संवाददाता

१७ मंसिर २०७५, सोमबार


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ ।

बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७४र७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन ।

बैंकको चुक्ता पूँजी रु ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रहेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ७५ प्रतिशत शेयर लाभांशबाट रु ९१ करोड २२ लाख ८९ हजार ५७३ पूँजी थप हुनेछ । लाभांश शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु ८ अर्ब सात करोड ६३ लाख ४५ हजार पुग्नेछ ।

यस्तै स्टकले सोधपुछका लागि भन्दै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको शेयर कारोवारमा रोक लगाएको छ । समयमै उपयुक्त सूचना नदिएका कारण उनीहरूको कारोवार रोक लगाइएको स्टकले जनाएको छ ।

स्टकमा आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१ को शेयर मूल्य समायोजन भएको छ । सो योजनाले २१ दशमलव ०५ नगद लाभांश दिएसँगै प्रतिएकाइ १० रुपैयाँ ३९ पैसा हुने गरी मूल्य समायोजन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस