३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्य र न्याय कहिल्यै मर्दैन मुख्य न्यायाधीश–बस्याल

अ+ अ-

डोटी । सत्य र न्याय कहिल्यै नमर्ने भएकाले ढिलै भएपनि सर्बसाधारणले न्याय पाउनेमा ढुक्क हुन उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालले बताएका छन् ।

शनिबार उच्च अदालत दिपायल र जिल्ला अदालत सिलगढीको संयुक्त आयोजनामा स्थानियहरुको सहभागितामा केआईसिंह गाउँपालिकाको वायलमा आयोजना गरिएको न्यायीक संवाद कार्यक्रममा मुख्य न्यायाधीश बस्यालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश बस्यालले न्याय कहिल्यै नमर्ने अदालतमा सर्वसाधारणको समेत पहुच राख्न, अदालतलाई मर्यादित बनाउन र न्यायप्रति बिश्वास जगाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका समेत खेल्नु पर्ने बताएका छन् । उनले भने “पछिल्लो समयमा तुलनात्मक रुपमा हेर्दा वैदेशिक रोजगारीमा गएका विवाहित पुरुषको घरमा अपराध बढ्दै गएकाले वैदेशिक रोजगारीमा नजान आफ्नै गाउँ ठाउँमा केही गर्न आवश्यक छ ।” उनले विवाहपूर्व वैदेशिक रोजगारीमा गएपनि पछि भने विदेश जान बिचार गर्नु पर्ने उनको तर्क थियो ।

कार्यक्रमका सहभागिहरुले अदालतमा न्याय माग्न समय बढी लाग्ने गरेको भन्दै न्यायाधीशहरुसँग गुनासो पोखेका थिए । सहभागिहरुले वालविवाह, वहुविवाह लगायतका नयाँ कानुनहरुबारे जिज्ञासा राख्नुका साथै न्यायालयलाई राजनैतिक हस्तक्षेप र भ्रष्टाचारबाट जोगाउनका लागि सुझाव समेत दिएका थिए ।

वायलमा आयोजना गरिएको संवाद कार्यक्रममा उच्च अदालत दिपायलका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी, नसरुल्लाह अन्सारी, जिल्ला अदालत डोटीका न्यायाधीश जयानन्द पनेरु, उच्च सरकारी वकिल कार्यालयका निमित्त सहायक न्यायाधीश चक्रदेव आचार्य, रजिष्टार भुवन गिरी, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही, उपाध्यक्ष मीना बिष्ट, प्रमुख प्रशासकीय अधिकृत शिद्धराज शर्मा केआईसिंह गाउपालिकाका जनप्रतिनिधीहरु र स्थानीय लगायतको सहभागिता रहेको थियो ।

अदालतको महत्व त्याहा हुने प्रकृया तथा गतिबिधीबारे जानकारी दिई स्थानीयसँग सुमधुर सम्बन्ध स्थापीत गर्न उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरु वायलमा पुगेका थिए । न्यायाधीशहरुले पछिल्लो समय जनताहरुसँग सम्बन्ध स्थापित गर्न बस्तीमा जाने, सर्व साधारणसँग भेटघाट राख्ने, अदालतमा भइरहेका गतिबिधीहरु संचारमाध्यममार्फत सार्वजनिक गर्ने काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस