२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : अध्यक्ष दाहाल

अ+ अ-

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे बताएका छन् ।

नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उनले सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता जनता र श्रमिकले पाउने हुँदा सरकारको यो कदम दूरगामी महत्वको भएको बताए ।

“सामाजिक न्याय, समाजिक सुरक्षाको दृष्टिकोणले र समाजवादको आधार तयार पार्ने दृष्टिकोणले यस कार्यक्रमले कोशेढुङ्गाको भूमिका खेल्नेछ,” पूर्वप्रधानमन्त्री दाहालले भने, “सबैले कुनै न कुनै रुपले देश र जनताको प्रगतिका निम्ति गरेको योगदानको मूल्याङ्कन राज्यले गर्ने एउटा नयाँ परिपाटी र संस्कारको थालनी भएको छ ।”

एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायत काम भएकाले अहिल्यै केही भएन भनेर टिप्पणी हुनु गलत भएको बताउँदै उनले अबको चार वर्षमा घोषणापत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने अठोट व्यक्त गरे । उनले भने, “अबको चार वर्षमा कम्तीमा पनि पूर्वपश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरुङ-काठमाडौँ–लुम्बिनी र रक्सौल–काठमाडाँै रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न हुन्छ ।”

अध्यक्ष दाहालले हुलाकी राजमार्ग सञ्चालनमा आउदा नवलपुर र चितवनका जनताको जीवनमा गुणस्तरीय परिवर्तन आउने बताउँदै यसको छिटो निर्माणको प्रक्रिया थाल्न तत्पर रहेको बताए । उनले पहिलोचोटि उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहाबाट तेस्रो देशसँग व्यापार गर्न दिने सहमति गरेको बताउँदै यो नेपालका लागि ठूलो परिवर्तन भएको बताए । “केरुङ–काठमाडौं–लुम्बिनीसम्मको रेलको अध्ययन भएको छ,” अध्यक्ष दाहालले भने, “नेपालको अर्थराजनीतिमा यसले धेरै ठूलो महत्व राख्नेछ ।”

यस्तै भारतसँगको सम्बन्धमा सकारात्मक हुँदै गएको बताउँदै उनले वर्षौँदेखि विराटनगरमा रहेको भारतको ‘फिल्ड अफिस’ हट्नुले सकारात्मक सन्देश दिएको बताए । भारतसँग दक्षिणी सीमामा बनाइने बाँधका विषयमा भएको सहमति तथा रक्सौल–काठमाडौँ रेल सञ्चालनको पहल शुरु हुनुले सकारात्मक सन्देश देखिएको अध्यक्ष दाहालको भनाइ छ । पार्टी एकता, कम्युनिस्टको बलियो सरकार, राजनीतिक स्थायित्वका कारण नै यस्ता सकारात्मक सङ्केतहरु देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस