६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट १४ जना सम्मानित

अ+ अ-

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने १४ जनालाई खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट आज यहाँ सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेमा खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमी छन् ।

त्यस्तै एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक थापा, खेल चिकित्सक अजय शमशेर जबरा र सङ्घसंस्थाबाट नेपाल बोसिया सङ्घ सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही रु एक लाख नगदसहित खेलकूद प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी युवा पत्रकारिता पुरस्कार पाउनेहरुमा गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइन खबर बाग्लुङका विश्वास बुढाथोकी छन् । उनीहरुले जनही रु ५० हजार प्राप्त गरेका छन् ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिमल्सिना लगायतले उनीहरुलाई सो पुरस्कारबाट सम्मान गरेका छन् ।

खेलकूदमन्त्री विश्वकर्माले यस किसिमको सम्मानले खेलाडीमा आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार्दै लैजाने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस