२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चैबाजा संरक्षणमा जुटे युवा

अ+ अ-

पाल्पा । नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हुँगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो ।

पदमबहादुरका परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगाले पछि उनका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा जुटेका हुन् । अहिले स्थानीय युवाहरुसमेत शुभकार्यमा बाजा बजाउन आकर्षित हुँदै आएका छन् । पहिला दमाईंका समुदायले मात्र पञ्चैबाजा बजाउने र अन्य समुदायका मानिसले नाचगान गरी रमाइलो गर्ने चलन थियो ।

स्थानीय अगुवा तथा प्रशिक्षक धनबहादुर परियारका अनुसार बालबालिका, युवा र वृद्धसम्मका सबै पञ्चैबाजा बजाउन सिपालु बन्नाका साथै बाजाको संरक्षण र परम्परागत संस्कृतिको जगेर्ना हुँदै आएको छ । पञ्चैबाजा बजाउने दक्ष कलाकारको अभाव भएका बेला यहाँका परियार समुदायका साना बालबालिकालाई विद्यालय बिदाका समयमा पञ्चैबाजा बजाउन सिकाउन थालिएको छ भने विवाह, व्रतबन्धलगायत शुभकार्यमा यो बाजा प्रयोग हुनाका साथै आफूहरूको ज्ञान, सीप र क्षमता पनि अभिवृद्धि भएको प्रशिक्षक परियारको भनाइ छ ।

परम्परादेखि चलिआएको पञ्चैबाजा बजाउन पाउँदा, खुशी लागेको स्थानीय युवा सन्दीप दर्नाल बताउनुहुन्छ । यस पेशालाई व्यावसायिक बनाउन सके थप आय–आर्जनसमेत हुने सम्भावना रहेको उनको भनाइ छ । पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । पञ्चैबाजा धार्मिक तथा सामाजिक उत्सवका अवसरमा बजाउने गरिन्छ । पहाडी जिल्ला पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत स्थानमा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाजस्ता शुभकार्यमा बाजा बजाउने परम्परा छ । पछिल्ला वर्षमा युवा पुस्ता विदेश पलायनसँगै परम्परागत कला तथा संस्कृति लोप हुन थालेको थियो ।

नेपालको पहाडी भेकमा विशेष शुभकार्यमा पञ्चैबाजा बजाउने परम्परा रहे पनि पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले गर्दा नेपाली पञ्चैबाजा बजाउने चलन हटेका बेला यहाँका युवामा पलाएको जोस र जाँगरले कला तथा संस्कृतिको संरक्षणमा चासोको बढेको छ । नेपालको पहाडी भेग र भारतको सिक्किम तथा दार्जिलिङ क्षेत्रमा पञ्चैबाजा बजाइने गरिन्छ । यो बाजा नेपालको धार्मिक एवं सांस्कृतिक बाजाका रुपमा प्रयोग हुँदै आएको र मौलिक संस्कृतिको धरोहर पनि भएकाले यसको संरक्षणका लागि राज्यको चासो हुनुपर्ने दतिल अगुवाहरुको भनाइ छ ।

नेपाली संस्कृतिमा कुनै पनि शुभकार्य गर्दा साइत खोजिने र साइतमा मंगल धून बजाउने चलन छ । मङ्गल धूनका लागि पञ्चैबाजा नै सबैभन्दा प्रचलित बाजा भएकाले यसको महत्व बढ्न थालेको हो ।

अहिले शहरी भेकमा प्रचलित आधुनिक ब्याण्ड बाजासँग पञ्चैबाजाले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । परम्परागत रूपमा नेपालका दमाईं समुदायले मात्र यो बाजा बजाउने गरेकामा पछिल्ला वर्ष मगर तथा बाहुन समुदायका युवा समेत पञ्चैबाजा बजाउन आकर्षित बनेको परियार समुदायका अगुवा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस