मंसिर । भारतको पश्चिम बंगालमा विषाक्त रक्सी सेवनका कारण ७ जनाको ज्यान गएको छ।
विषाक्त रक्सी सेवनका कारण बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ। भारतीय सरकारी सञ्चारमाध्यम पीटीआईसँग कुरा गर्दै पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले यो समाचारको पुष्टि गरेका छन्। मित्राले दिएको जानकारीअनुसार राज्य सरकारले घटनाको छानबिनका लागि सीआईडीलाई आदेश दिएको छ। राज्य सरकारले ज्यान गुमाउनेका परिवारलाई २–२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।