२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार चन्दलाई तत्काल रिहाइ गर्नुपर्नेः महासङ्घ

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेको छ ।

पत्रकार महासङ्घले आज एक विज्ञप्ति जारी गरी समाचार लेखेको आधारमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरी मङ्गलबार विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्नुपर्ने माग गरेको हो ।

“प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो भन्ने महासङ्घको ठहर छ, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारवाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई छ”, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र विभिन्न कानूनअन्तर्गत मुद्दा चलाउने कार्यले सञ्चार जगत्लाई हतोत्सायी बनाएको महासङ्घको ठहर छ ।

महासङ्घले आम सञ्चारकर्मीलाई समाचार सम्प्रेषण गर्दा सत्यतथ्य र निष्पक्षतामा ध्यान दिन र पत्रकार आचारसंहिता पालनामा गम्भीर बन्न आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस