६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एपिएफलाई लगातार चौथो पटक उपाधि

अ+ अ-

काठमाडौं । सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपिएफले तेस्रो, चौथो, पाँचौ र छैटौँ संस्कारमा उपाधि जितेको थियो ।

निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा एपिएफले बाजी मार्यो । पेनाल्टीमा एपिएफका साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरे ।

यस्तै आर्मीका अञ्जना राना मगर र निशा बोहराले गोल गरिन् । तर, कृष्णा खत्री, अञ्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बञ्चित भएको हो । यसअघि खेलमा १९ औँ मिनेटमा अनिताले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा आर्मी खेलमा फर्कदै बराबरी गर्न सफल भयो । खेलको ६३ औँ मिनेटमा विमला चौधरीले गोल गरेपछि आर्मीले खेल १–१ को बराबरी बनाएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

उपाधिसँगै एपिएफले रु तीन लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले रु एक लाख ५० हजार प्राप्त गर्‍यो । सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर २ ले रु ५०/५० हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगरले सर्वोकृष्ट खेलाडी घोषित हुँदै एकथान स्कुटर प्राप्त गरिन् । उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी विमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्र चौधरी, गोलकिपरमा एपिएफकी एञ्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपिएफका जनक सिंह घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद पिरिषद्को उपाध्यक्ष पिताम्बर तिमिल्सिना लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । यही मङ्सिर ५ गतेदेखि प्रतियोगितामा तीन विभागटी टोली, सात प्रदेश तथा भारतको सिक्किम र विहारबाट दुई टोली गरी १२ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस