२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोप–२४ : जलवायु परिवर्तन असरका विषयलाई प्राथमिकता

अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा जलवायु परिवर्तनका असर बारेका विषयलाई प्राथमिकताका साथ उठाइने बताएका छन् ।

संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) को प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उनले जलवायु परिवर्तनमा बढी योगदान रहेका राष्ट्रहरु, नेपालजस्ता समस्या सिर्जना गर्नमा कम भूमिका भएका वा भूमिकै नभएका मुलुकको हितमा गम्भीर बन्नुपर्ने बताए ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा हिउँको तह पातलिँदै गएको, पहाडमा पहिरो र भू–क्षयको समस्या विकराल बनेको तथा तराई क्षेत्र बाढीको चपेटामा परेको उल्लेख गरे । उनले नेपाल सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विभिन्न योजना बनाएर कार्यान्वयनमा गएको भए पनि उक्त समस्या विश्वव्यापी भएकाले घरेलु समाधान मात्र पर्याप्त नहुने बताएका छन् ।

नेपालजस्तै जलवायु परिवर्तनमा न्यून भूमिका भएका तर, त्यसबाट अतिप्रभावित तेस्रो विश्वका मुलुकको हितमा नेपालले विषय उठाउने मन्त्री बस्नेतले जानकारी दिए। कोप २४ मा यो वर्ष नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा मन्त्री बस्नेतसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।

मन्त्री बस्नेतले भने, “हामी कोप २४मा वातावरणीय परिवर्तनमा नगन्य भूमिका भएका तर, त्यसको असरबाट अतिप्रभावित विश्वका अन्य मुलुकसँग कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारेको एजेण्डालाई छलफलमा लाँदैछौं ।” सो अवसरमा डिएफआइडीको प्रतिनिधिमण्डलले नेपालले जलवायु परिवर्तनमा उठाउन लागेको कार्यसूचीमा आफ्नो सरकारको सहयोग रहने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको । रासस

प्रतिक्रिया दिनुहोस