काठमाडौं । उपत्यकामा चार दिन जोरबिजोर सवारी प्रणाली लागू हुने भएको छ ।
मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटमा आउने व्यक्तिको आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर १३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । जसअनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् ।
यद्यपि, अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा काठमाडौंको ह्यात रिजेन्सीमा समिट हुन लागेको छ । आयोजकका अनुसार उक्त कार्यक्रममा ७ देशका राष्ट्र तथा सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।