२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा १० नाउर र ६ झारलको सिकार

अ+ अ-

गलकोट । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ ।

आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । सिकार खेल्न सिकार कम्पनीले एउटा नाउरको रु १२ लाख पाँच हजार तथा एउटा झारलको रु नौ लाख २० हजार राजश्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाएका थिए ।

विभागले गरेको बोलपत्र प्रक्रियाबाट ४ कम्पनीले सिकारी पठाउने जिम्मा पाएअनुसार कम्पनीले विभागसँग सम्झौता गरी १० सिकारीलाई सिकारका लागि आरक्षमा पठाएको थियो । ‘हरेक वर्ष विभागले बोलपत्र प्रक्रियामार्फत सिकार कम्पनी छनोट गरी सिकार गराउने गर्दछ’, सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी विष्णु रोकायले भने, ‘अहिलेको याममा प्रतिनाउर सिकार गरेको रु दुई लाखदेखि रु १२ लाख पाँच हजार तथा प्रतिझारल रु एक लाखदेखि रु नौ लाख २० हजार बोलपत्र स्वीकृत भएको थियो ।’ विश्वभरका साहसिक सिकारीका लागि प्रख्यात मानिएको सो आरक्षमा सिकार गर्न अमेरिका, रुस, स्पेनलगायतका मुलुकका सिकारी आउने गरेका छन् ।

यस याममा ‘हिमालयन सफारी’ले सम्झौताअनुरुप चार नाउर र एक झारलको सिकार गरेको छ । यस्तै ट्रयाक एण्ड टुर्स कम्पनीले २ नाउर र २ झारल, ग्लोबल सफारीले ३ नाउर र १झारल तथा वाइल्ड लाइफ सफारीले १ नाउर र २ झारलको सिकार गरेको रोकायाले जानकारी दिए । हरेक वर्ष असोजदेखि मङ्सिर पहिलो हप्तासम्म आरक्षमा पहिलो यामको सिकार गरिन्छ ।

चालु आर्थिक वर्षको पहिलो याममा रु १ करोड ८५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले २०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि ढोरपाटनमा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको हो । १५ दिनका लागि अनुमतिसहित सिकार गर्न आउने पर्यटकले आरक्षका कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर र भाले झारलको मात्र सिकार गर्न पाउने नियम छ ।

प्रतिक्रिया दिनुहोस