२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने

अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ ।

जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको छ ।

महालेखा परीक्षकको ५५ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटी औंल्याएपछि पछिल्लो समय यो विषय सडकदेखि संसदीय समितिमा पुगेको छ । जहाज खरीद प्रक्रियामा कुनै खोट नभएको निगमका अधिकारीले स्पष्टीकरण दिएका छन् ।

झण्डै एक महीनादेखि सञ्चार माध्यमले निगमको जहाजबारे विभिन्न समाचार सम्प्रेषण गर्दै आएका छन् । निगमले हालै श्वेतपत्र जारी गरी उच्च वित्तीय जोखिममा परेको जनाएको थियो । निगमको कूल कर्जा ३९ अर्ब ३८ करोड र सम्पत्ति करीब रु ५० अर्ब रहेको छ । निगमले जहाज खरीद गरेबापत एक अर्ब १३ करोड त्रैमासिकरुपमा ब्याज तिर्दै आएको छ ।

जहाज खरीद प्रक्रियामा अनियमतताको आशङ्का, व्यावसायिक योजनाको अभाव, जहाज ‘ग्राउण्डेड’ गरेको आदि विषयमा निगमको चर्को आलोचना भइरहेको छ । यता दुई वाइड बडी ए ३३०–२०० जहाजको नयाँ गन्तव्य विस्तार तथा प्रभावकारी बजारीकरणका लागि योजनाबद्ध कार्यक्रम बनाइएको निगमका पदाधिकारीले जनाएका छन् ।

वाइड बडी जहाजलाई जापान चीनका साथै केही महीनाको अन्तरालमा दक्षिण कोरियाको सियोल र साउदी अरबको रियादमा उडान भर्ने तयारी गरेको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आगामी फेब्रुअरीसम्म जापानको ओसाका र मार्च महीनामा चीनको ग्वाञ्झाओ उडाउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

वाइड बडी जहाजलाई चीन जापानलगायत गन्तव्यमा उडान भर्न निगमले धमाधम तयारी गरिहरेको छ । निगमका अध्यक्ष खरेलका अनुसार वाइड बडी जहाजले फेब्रुअरीको पहिलो सातादेखि ओसाका सातामा तीन उडान गरिनेछ भने त्यसको एक महीनापछि ग्वाञ्झाओमा पनि सातामा तीन उडान भर्ने तयारी छ । जापान उडानका लागि १५ दिनभित्र कर्मचारीको व्यवस्था गरिनेछ ।

व्यावसायिक हिसाबले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलमा आगामी छ महीनाभित्र वाइड बडी उडाउने निगमले जनाएको छ । जापानलगायत लामो गन्तव्यमा दैनिक १५ देखि १६ घण्टा वाइड बडी उडाउने तयारी गरिरहेको निगमका अध्यक्ष खरेलको भनाइ छ ।

बजारमा जे जस्तो हल्ला आएपनि निगमको आर्थिक अवस्था सन्तोषजनक रहेको दाबी गर्दै उनले पहिला रु २५ अर्बको व्यापार गर्दै आएको निगमलाई दुई वाइड बडी जहाज खरीदपछि थप रु २५ अर्ब व्यापार थपिएकाले आर्थिक असन्तुलन देखिएको बताए ।

“वाइड बडी नयाँ गन्तव्यमा चलाउन नसक्दा आर्थिक समस्या परेको हो । नयाँ गन्तव्य जाने प्रक्रियामा रहेकाले छ महीनाभित्र निगम सुधारको अवस्थामा आउनेमा हामी विश्वस्त छौँ । अहिले नै आत्तिनुपर्ने अवस्था छैन,” उनले भने ।

निगम सञ्चालक समितिका सदस्यसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले वाइड बडी जहाजले लामो गन्तव्यमा उडानका लागि व्यावसायिक योजनाका साथ अघि बढेको उल्लेख गरे ।

उनले हाल भारतको नयाँदिल्ली, कतारको दोहा, थाइल्याण्डको बैंकक र हङ्कङ उडान भर्दै आएको वाइड बडी जहाजले छिट्टै जापान, चीन, दक्षिण कोरिया, रियादलगायत गन्तव्यमा उडान भर्ने र क्रमशः युरोप गन्तव्यमा पु¥याइने बताए ।

सचिव देवकोटाका अनुसार वाइड बडीले हालका गन्तव्यमा छदेखि आठ घण्टा उडान गरिरहेका छन् । सातामा क्रमशः हङकङ र बैंककमा तीन दिन, चार दिन र दिल्लीमा दुई दिन उडान हुँदै आएको छ । यात्रुको चाप हेरेर धेरै यात्रु भए वाइड बडी र कम भएमा न्यारो बडी जहाजबाट उडान गरिँदै आएको सचिव देवकोटाले जानकरी दिए ।

निगमले सन् २०१४ देखि न्यारो बडी जहाजबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । न्यारो बडी औसत दैनिक १४ घण्टा उड्छ । नयाँ दिल्लीमा दैनिक दुई, बैंग्लोरमा सातामा तीन, मुम्बईमा तीन र मलेशियामा सातामा चार उडान हुँदै आएको छ ।

सचिव देवकोटाले अहिलेसम्मको योजनाअनुसार जापान र चीनमा उडान भर्न सके वाइड बडीबाट १२ घण्टा र पछि रियाद र दक्षिण कोरियाको सिओल जान सकिए बढीमा १६ घण्टासम्म उडान गर्न सकिने बताए । अहिले वाइड बडीको अकुपेन्सी ७० र न्यारो बडीको ८५ प्रतिशतभन्दा बढी रहेको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइड बडी ए ३३० जहाज, दुई वटा न्यारो वडी ‘ए’ ३२० जहाज र एक वटा बोइङ जहाज रहेका छन् । आन्तरिक उडानका लागि तीन वटा टुइनटर, दुई वटा एमए–६०, चार वटा वाई–१२ इ विमान छन् । निगमले अन्तर्राष्ट्रियतर्फ आठ र आन्तरिकतर्फ २२ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस