पर्यटनमन्त्री अधिकारीलाई पोखरामा कालोझण्डा, ६ जना विद्यार्थी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटनमन्त्री अधिकारीलाई पोखरामा कालोझण्डा, ६ जना विद्यार्थी पक्राउ


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएको छ ।

नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा अनियमितता भएकोले छानबिन माग गर्दै कालो झण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रहरीले युनियनका केन्द्रीय महासचिव नेत्र चापागाईं, सचिव रेशम सापकोटा, जिल्ला संयोजक विशाल तिमिल्सिना, केन्द्रीय सदस्य नरेन्द्र बस्याल, पृथ्वी नारायण क्याम्पस आधार संगठनका अध्यक्ष कृष्ण अधिकारी र तेजेन्द्र भट्टराई रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस