प्राज्ञिक विद्यार्थी परिषदको प्रदेश अभ्यासवर्ग सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्राज्ञिक विद्यार्थी परिषदको प्रदेश अभ्यासवर्ग सम्पन्न


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


काठमाडौं । प्रज्ञिक विद्यार्थी परिषद प्रदेश ३ को प्रदेश अभ्यासवर्ग सम्पन्न भएको छ ।

मंसिर ६ देखि ८ गतेसम्म काठमाडौंस्थित गौरघाटमा आयोजित तीनदिने कार्यक्रम आज सम्पन्न भएको हो । प्रदेश संरचनालाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमुलक बनाउन प्रदेश अभ्यासवर्गको आयोजना गरिएको हो ।

यस अघि देशका ७७ वटै जिल्लामा महत्वपूर्ण प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

प्रदेश ३ को प्रदेश अभ्यासवर्गमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष रामजी गौतम राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल, राष्ट्रिय सचिव छितराज न्यौपाने र छात्रा प्रमुख भगवती श्रेष्ठ लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रदेश नम्बर ३ अन्तर्गत सबै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको प्रदेश अभ्यासवर्गको अन्तिम दिन फुल प्रसाद सुवेदीको अध्यक्षतामा १५ सदस्यीय प्रदेश टोलिको घोषणा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस