१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जल सम्पदा र समृद्धि -एक फरक दृष्टिकोण

अ+ अ-

नेपालको जलसम्पदाको बारेमा हरेकको आ-आफ्नै धारणा हुन सक्छ, केही अल्पकालीन, दुरदृष्टिहिन र लोभले ओतप्रोतका धारणाहरू । त्यस्तै अर्को तर्फ दीर्घकालीन लाभतिर लक्षित एक समय सान्दर्भिक अवधारणा । यी दुई मध्ये कसको पल्ला भारी छ त्यो छुटै विवादको विषय होला तर एउटा कुरामा भने विवाद नहुनु पर्ने हो । नेपालले आफ्नो जल सम्पदा न त राम्ररी चिन्न नै सक्यो न त बाँकी विश्वलाई यसको सही उपयोग सम्झाउन नै सक्यो । आफ्नो सम्पदाको सही ज्ञान नहुँदा कुवेर जस्तो धनी हुनसक्ने नेपाली अरूको दयामायामा आश्रित भएर बाच्न विवश छ । हाम्रो जल सम्पदा सम्बन्धी अज्ञानता हाम्रो दुर्भाग्य, र यसको सदुपयोग गर्न नआउनु नेपालको समृद्धि तर्फको यात्रामा प्रमुख बाधा अनि अड्चन ।

भनिन्छ आफ्नो जलसम्पदाको मात्रै सही सदुपयोग गर्न सके नेपालको गरिब भन्दा गरिब व्यक्तिको सालाना आय पनि विश्वको अधिकांश: धनी देशको प्रतिव्यक्ति आयभन्दा बढी बनाउन सकिन्छ । यस्तो अपार सम्पदाको व्यवस्थापनको जिम्मा पाएकामा भने यो सम्भावनाको हेक्का समेत नभएको प्रस्ट देखिन्छ, कम्तीमा आज सम्मको जल तथा ऊर्जा नीति हेर्दा ।

समस्या को जड
जलको बारेमा ४ वर्षीय बालकदेखि उनलाई पढाउने शिक्षिका, किसान, उद्यमी र आइंस्टीन समकक्षी जल-वैज्ञानिक सबको अआफ्नो स्तरको ज्ञान होला र हामी अधिकांश यिनै मध्ये कुनै एकस्तरको ज्ञानको वहाकाबमा आफ्नो जल विज्ञता पोखी रहेका छौ । तर जबसम्म हामी प्रकृतिको पानीको चक्रसँग कसरी एक्यबद्ध हुन सकिन्छ भन्ने ज्ञा सँग अनभिज्ञ रहन्छौ, हाम्रो जल सम्बन्धि ज्ञान अपुरो हुन्छ । पानीको अभावमा सुकेका हाम्रा डाँडा काँडा, पहाड र तराई साक्षी छन् हाम्रो जल सम्बन्धी ज्ञानको अपूर्णताको । विगतका अपुरो ज्ञानको कारण चीन जस्तो देशले मरुभूमिकरणको मार खेप्नु परेको र सोको लागि ओर्दोज(भित्रि मंगोलिया), गोबी (उत्तर चीन) र तक्लामकान (उत्तर-पश्चिम चीन) जस्ता मरुभूमिहरूमा गरिँदै गरिएको प्रयासबाट हामीले सिक्नु पर्ने धेरै छन्, जल सम्पदा, पर्यावरण र समृद्धिका तानाबानाका सम्बन्धमा ।

तर यसको विपरीत हामी कहाँ जल सम्पदाको समुचित प्रवर्धनको जिम्मा पाएकाहरूको अधिकांश समय शून्य योग खेलमा सीमित छ । लाइसेन्स बेच्ने धुनमा जसरी हरेक नदी-नाला खण्ड-खण्डमा विभाजन गरी झोलामा खोलाको परिदृश्य सहित जुन ब्रह्मलुटको स्थिति सृजना गरिएको छ यो चालाले देश उँभो लाग्ने भए देशले कोइला र डिजेलबाट उत्पादित भारतीय बिजुली किन्नु पर्थ्यो ? त्यो पनि यो हरित अर्थव्यवस्थाको युगमा ? अनि त्यस्ता विद्युत् व्यवस्थापनको तारिफ गर्दै अझ सम्मान गर्ने हामी जतिको नालायक कोही होला त यो जगतमा ?

जसले जे जानेको छ उसले त्यही गर्ने हो, उ सँग त्यो भन्दा बढी आस गर्नु हाम्रो मूर्खता मात्र हुन्छ । नेपालको लोडसेडिङ होस् या काठमाडौँको कुरुपता, यसका ज्वलन्त उदाहरण हुन् । विश्वकै सुन्दरतम हुनसक्ने काठमाडौँ सहरको यो अव्यवस्थित हालत जुन कारण ले सृजित हुन पुगेको छ तिनै कारणबाट हाम्रो जल सम्पदा अछुतो छैन । विषय बस्तुको अद्यावधिक ज्ञान नहुनेको हातमा नेतृत्व जाने र दिने हाम्रो परिपाटी को अन्त नभएसम्म सम्पदाबाट पाउन सकिने सम्भावित लाभ र उपलब्धिबाट वञ्चित हुनु पर्ने हालको अवस्था स्वाभाविक हो । त्यसबाट निराश हुनुको सट्टा सही मान्छे सही ठाउँमा अविलम्ब कसरी ल्याउन सकिन्छ त्यता तिर सोचौँ ।

नेपालमा अधिकांश जलविद्युत क्षेत्रमा लाग्नेलाई गुगल नगरी “वाट” परिभाषित गर्न हम्मे हम्मे पर्छ । “जुल पर सेकेन्ड” भनिहाले भने पनि “जुल” परिभाषित गर्न पुनः गुगल गर्नु पर्ने बाध्यता । त्यस पछि को “न्युटन-मिटर” मा “न्युटन” लाई परिभाषित गर्नु अर्को समस्या । “वाट”, “जुल” र “न्युटन” वास्तवमा व्यक्तिका नाम हुन् जसले सैद्धान्तिक मूल्य प्रतिपादन गरे ।

नेपालको सन्दर्भमा त्यस्ता सैद्धान्तिक मूल्य प्रतिपादन गर्ने विरलै मात्र छन् र तिनबाट प्रतिपादित सैद्धान्तिक मूल्यको सत्यपन तर्फ कसैको चासो देखिँदैन । नत्र आजको दिनसम्म नेपालमा कति जलविद्युत ऊर्जा सम्भव छ भन्ने कुरा को उत्तर “सन् १९६६ मा डा. हरि मान श्रेष्ठले आफ्नो विद्यावारिधिको क्रममा व्यक्त गरेका सम्भावना -८३ हजार मेगावाट भन्नुपर्ने अवस्था आफैमा एक हास्यास्पद स्थिति होइन र ?

जलश्रोतको क्षेत्रमा हाम्रो समस्या भनेको हामीले आफ्नो वास्तविक धरातललाई बुझ्न नसक्नु हो, आफ्नो भौगोलिक विविधता रूपी प्राकृतिक देनलाई ठम्याउन नसक्नु हो । आफ्नो पानीको बहुआयामिक उपयोगिताहरू पहिचान गर्न नसक्नु, यसको पर्यावरण र समृद्धिसंगको सम्बन्ध बुझ्न नसक्नु र अरू को लहै लहैमा लागि आफ्नो स्रोत-साधनको दुरुपयोग हुनबाट रोक्न नसक्नु हो । हाम्रो समस्या भनेको हामी आफैले हामीलाई उपयुक्त हुने जल तथा ऊर्जा नीति बनाउन नसक्नु हो ।

तर यी सबै भन्दा ठुलो समस्या भनेको हामीले आफ्नो प्रति लिटर पानीमा कति ऊर्जा सम्भव छ, सो को हाल सम्म भेउ पाउन नसक्नु हो । यदाकदा कसैले ती सम्भावना व्यक्त गरी हाले भने पनि तिनको चर्चा परिचर्चा गरी लाभ लिन नसक्नु हो । त्यस्ता सैधान्तिक मूल्य प्रतिपादन गर्न नसक्दा, र गरिएकाको पनि सत्यपन गर्न नसकेकोले हामीले हाम्रो समृद्धि पाउन सकेनौ, यसमा सन्देह नगरे हुन्छ ।

भनिन्छ एउटा मात्र समय-सापेक्षित सैधान्तिक मूल्यले देशको कायापलट गर्न सक्छ । फिनल्याण्डको जर्जर आर्थिक अवस्थामा एउटा मोबाइल प्रविधिले ल्याइदिएको परिवर्तन त्यसको ज्वलन्त उदाहरण हो । के अब सोच्ने बेला भएन विश्व बजारका लाखौँ उत्पादनहरू मध्ये नेपालले आफ्नो सम्पदाको उपयोग गरी कम्तीमा एउटा उत्पादन फेला पारोस् जसमा नेपाल यो संसारमा नम्बर एक होस !  यो लेखको अभिप्राय त्यही एक यथार्थपरक प्रोडक्ट तिर सङ्केत गर्नु रहेको छ ।

आरम्भ: जलको स्थान
आजसम्म नेपालीले जलको स्थान कहाँ हुनुपर्छ भनेर न कहिल्यै प्रश्न गर्‍यो, न त त्यसको अर्थ खोज्ने प्रयास । यसको उत्तर सामान्य व्यावहारिक बुद्धि(कमन सेन्स), बाट पाउन सकिन्छ । यसको लागि एमआईटी, अक्सफोर्ड वा क्याम्ब्रिजका अनुसन्धानकर्ताको आवश्यकता पर्दैन । आफ्नै वरपर आफ्नै छेउछाउको सामान्य अवलोकन गरौँ । चाहे एक तले घर होस् या १५/१६ मंजिले हाउजिंग, प्रत्येक घरको छतमा कालो/निलो रङ्गको प्लास्टिकका ट्यांकी भेटिन्छन् । त्यस्तै अग्ला-अग्ला सिमेन्टका खम्बामा ठड़याइएका विशाल-विशाल पानीका ट्यांकीहरु लगभग हर सहरमा देखिन्छन् । कहीँ हाम्रो यो क्रियाकलाप प्राकृतिक जल चक्र सँगको एक्यबद्धता त हैन ? खोज्दै जाँदा बोध हुन्छ जलको सर्वश्रेष्ठ स्थान टाउको भन्दा माथि । परापूर्व कालदेखि शिवको टाउकोमा गङ्गाको प्रतीकले जे दर्शाई रहेको छ, त्यसको विषयमा पक्कै पनि हामीले यसरी सोच्न भ्याएका छैनौ । शिवको जटा प्रतीक हो पहाडमा हुने वृक्षका जराहरूको, त्यसैले हराभरा पहाडको चुचुरोमा पनि कुवा र झरनारूपी पानीका स्रोत भेटिन्छन् । उचाइमा पानीको चाह राख्नेले पहाडको चुचुरा सिंचित गर्न बिर्सनु हुन्न । जसरी कपाल नै नभएको टाउकोमा एक थोपा पनि पानी अड्दैन, रूखा सुख्खा डाँडाकाँडा मा पनि पानी अडिन सक्दैन । यो यथार्थ बुझ्ने हामीले अहिलेसम्म प्रयत्न नै गरेनौ ।

नेपालको परिप्रेक्षमा यो सामान्य व्यावहारिक बुद्धि(कमन सेन्स)ले हामीलाई अर्को पनि सन्देश दिन्छ । अब पहाड पर्वतको टाकुरामा एनटीसी र एनसेल को टावर को सट्टा पानी संग्रह गर्ने पोखरी राखिनु पर्छ । त्यस्तै चन्द्रागिरी पर्वतको टाकुरामा पर्यटनमुखी शिवको मूर्ती स्थापना मात्रै हैन, त्यहाँ गङ्गारूपी पानीको भेल पनि सृजना गर्नु पर्छ, १०००/११०० मिटर हेड खेर नफाल्नको निम्ति ।

यस्ता साधारण कुराको हेक्का राख्न सकेको भए मेलम्चीको पानी पहिले काठमाडौँ वरिपरिका पहाडका टुप्पोमा ल्याउन सकिन्थ्यो अनि काठमाडौँलाई चाहिने विद्युत् अनि पानी दुवै आज भन्दा १२/१५ वर्ष अगावै उपलब्ध गराउन सकिन्थ्यो । पहाडको टुप्पोमा राखिएको पानीमा हुने चिसो ऊर्जाको प्रयोग गर्न सके त अझ सुनमा सुगन्ध । त्यसबाहेक हरियालीले पर्यावरणलाई पुर्‍याउने टेवा अनि REDD+ बाट आम्दानीको अर्को नयाँ शृङ्खला । अनावश्यक २७ किलोमिटरको सुरुङ खन्नमा पैसो, सम्पदा र समयको बर्बादी -यी सब आयातित योजना र डिजाइनका परिणति हुन् ।

यस्ता सयौँ आयातित योजना र डिजाइनले हाम्रो जल सम्पदा ध्वस्त प्राय: भैसकेको छ र यदि शीघ्र नै केही गर्ने जमर्को गरिएन भने यस क्षेत्रको कुरुपता, बिभत्स्य काठमाडौँ जस्तै, हामीले निकट भविष्यमै देख्न पाउनेछौ । यी सबका एक मात्र कारक भनेको हाम्रा जल तथा ऊर्जा नीति । यी सब अरूका निम्ति बनाइएका हुन्, यसले नेपालको समृद्धि कुनै हालतमा गर्दैन । यिन लाई रद्दीको टोकरीमा फालिदिए हुन्छ । यी हाम्रा सम्पदा दोहनका दस्ताबेज मात्र हुन् ।

जल विद्युत् की जल ऊर्जा ?
नेपालमा अधिकांश: व्यक्तिहरू जल विद्युत् वा हाइड्रो पावर भन्दै कुदेका मात्रै देखिन्छन् जबकि नेपाली जलको चिसो ऊर्जा (कोल्ड इनर्जी) को कुरा आज सम्म कसैले गरेको सुनिँदैन, जुन हाम्रो जलश्रोतको क्षेत्रमा ठुलो विडम्बना हुन पुगेको छ ।

हामीले बुझ्न जरुरी छ कि नेपाली उच्च भूभागको पानी, बङ्गालको खाडीमा मिसिन लाग्दाको गङ्गा-नदीको पानी वा कोसी-ब्यारेजको पानी जस्तो होइन जसमा नगण्य मात्रामा मात्रै चिसो ऊर्जा हुन्छ । नेपाली उच्च भूभागको पानी झन्डै शून्य डिग्री तापमानमा हुन्छ जो आजको ग्लोबल वार्मिंगमा कति उपयोगी छ शायद हामीले कल्पना सम्म गर्न सकेका छैनौ । प्रचण्ड गर्मियाममा झुसलिरहेको हाम्रो तराई र हाम्रो छिमेक भारतका अनगिनत सहरहरूमा त्यो चिसो पानीको प्रयोगको बारेमा के हामीले सोच्न भ्याएका छौ ? चीनबाट प्रयासरत एक हजार किलो मिटर सुरुङ्ग मार्ग निर्माण सहित तिब्बतबाट तक्ला-मकान मरुभूमिमा पानी पुर्‍याउने योजनाले पनि नेपाली घैटोमा घाम नलागे कहिले लाग्ने त ?

हामीमध्ये धेरैलाई ज्ञात नहोला प्रति हजार लिटर पानीले १ डिग्री तापमानको फरक मा १ युनिटभन्दा बढी ऊर्जा उपलब्ध गराउँछ । यस हिसाबले तीन हजार-पैतिससय मिटरको उचाइमा अवस्थित करिब शून्य डिग्री तापमानको पानी यदि द्रुत गतिमा तराईमा ल्याई पुर्‍याउने हो भने ३० डिग्री तापमान को फरकमा(महाभारत-तराई) प्रति हजार लिटर पानीले करिब ३१ युनिट ऊर्जा दिन सक्ने कुरामा हामी अधिकांश: बेखबर छौ । यसको तुलनामा, इतिहास साक्षी छ हाम्रा ६०/६२ चलनचल्तीका हाइड्रो पावर प्लान्टबाट महज करिब ०.२ युनिट विद्युत् उत्पादन हुन्छ प्रति हजार लिटर पानीको प्रयोगबाट । यसले नेपालमा जलबाट ऊर्जाको रूपान्तरणको सवालमा हाम्रो हैसियत देखाई सकेको छ । हाम्रो जस्तो भौगोलिक विविधता विश्वका अरू विरलै ठाउँमा मात्र भएकोले नेपालको यो वास्तविकता हामीले नै दुनियाँ सामुन्ने उजागर गर्नु पर्छ, अरू कसैले उजागर गरिदिन्न । हाम्रो यही सोचमा आज परिवर्तनको खाँचो छ र सो मा सुधार नगरेसम्म हाम्रो जल सम्पदाको समुचित प्रयोग हुनै सक्दैन ।

चिसो ऊर्जाको महत्त्व
नियन्त्रित ऊर्जा बजारको होडबाजीमा व्यवस्थित तापिए ऊर्जा क्षेत्रको महत्त्व र प्रबंधन नजरअन्दाजमा परेको कुरा आज विश्व समुदायले महसुस गरिसकेको छ । तापिए ऊर्जाले विश्वको कुल अन्तिम ऊर्जा खपतको लगभग आधा भागको प्रतिनिधित्व गर्दछ। यदि कुनै किसिमले तापिए ऊर्जाको बोझ वातानुकुलित, प्रशितन पावर ग्रिडबाट प्रत्यक्ष रूपमा हटाउन सकिएमा यसले जैविक/परमाणु जस्ता बिजुली उत्पादन गर्ने इन्धनबाट हुने सबै प्रकारका प्रदूषणको ठुलो मात्रामा नियन्त्रण गर्न सक्छ ।

अहिले न्युयोर्क र दिल्ली समेत विश्वका धेरै सहरहरूमा बर्फ भण्डारण (Ice Storage Installations) को प्रयोग बढ्दै गएको छ । यो प्रयोग, अतिरिक्त ऊर्जा (थर्मल, परमाणु, सोलार, वायु) उत्पादनलाई भण्डारण गर्ने हेतुले शक्ति-बाट-ताप को अवधारणा प्रयोग गरेर, एक आकर्षक व्यापारिक विकल्प र नयाँ टेक्नो-फिक्स को रूपमा प्रवर्धन गरिँदै छ । न्युयोर्क त चिसो ठाउँ परेकोले प्रशितनको (रेफ्रीजरेशन) दुष्प्रभाविय तापले खासै असर नगर्ला, तर दिल्ली जस्तो गरम ठाउँमा त्यस्तो दुष्प्रभाविय तापले वातावरण अझै भयावह बनाउँदैन र ?

श्रेष्ठतम ऊर्जा प्रणालीमा मूलतः दुई वटा विशेषताहरू हुन्छन: कम भन्दा कम पर्यावरणीय असर र डिजाइनमा सादगी। बिजुलीद्वारा गरिने वातानुकूलितको कार्यले वातावरणमा तापिए र रासायनिक प्रदूषण थुपार्छ । यस्तो प्रदूषणको संचयी प्रभाव उल्लेख्यनिय हुन्छ र विरोध गरिनु पर्छ । यदि दिल्ली जस्तो ठाउँ जहाँ ८/९ महिना गर्मी हुन्छ त्यहाँ वातानुकूलितको काम हिमालको चिसो पानीको प्रयोगबाट गरियो भने प्रदूषण पक्कै पनि कम हुन्छ । पछि त्यही पानी कृषि, उद्योग र पिउने पानी को रूपमा प्रयोग गर्न सकिने छ । तर त्यस्तो योजना का लागि नेपाल को उच्च भूभाग मा ठुला ठुला मानसरोवर जस्तै भण्डारण को आवश्यकता पर्छ । नेपाल लगायत भारतले अब त्यता तिर सोच्ने बेला आइसकेको छ ।

अव हाम्रो छिमेकी राष्ट्र भारतले बुझ्नु पर्छ कि अब नेपालको पानी गङ्गा नदीको सट्टा सरस्वती नदीको परिकल्पना गरी बगाउने बेला भइसक्यो । ऋग्वेद पढ्नेलाई ज्ञात छ सरस्वती नदी जमिन मुनिबाट बग्दछिन्, तीव्र गतिमा बग्दछिन् र असाध्य चिसो पानी बहन गर्दछिन् । अहिले सारा विश्वलाई चिसो ऊर्जा चाहिएको छ ग्लोबल मार्मिकसँग लड्न । तसर्थ अब गङ्गा हैन सरस्वती नदीको परिकल्पनाको खाँचो छ ।

जल ऊर्जा र समृद्धि
नेपालको समृद्धिमा जहाँसम्म ऊर्जा र सम्पदाको प्रश्न छ त्यसलाई बुझ्न ऋग्वेद भाग १, श्लोक ५९.३ नबुझी यसलाई पूर्णतामा लग्न असम्भव प्राय: छ ।

आ सूर्ये न रश्मयो ध्रुवासो वैव्श्रानरे दधिरेऽग्ना वसूनि । या पर्वतेष्वोषधीष्वप्सु या मानुषेष्वसि तस्य राजा ।।

(अर्थात् सूर्यदेवबाट सधैँ प्रकाशका किरणहरू प्राप्त भएझैँ वैश्वानर अग्निदेवबाट सबै खालका धन प्राप्त हुन्छन् । हे अग्निदेव ! तिमी सबै पर्वत, औषधी, जल, र मानवहरूमा स्थित धनका राजा हौ ।)

ऋग्वेदको श्लोक अपाच्य हुने हाम्रो जलविदहरु माझ ऊर्जालाई पूर्णतामा बुझ्न आइंस्टीनको E = mc2 सूत्र समेत राम्ररी मनन गर्ने प्रयास भएको देखिन्न । यस सूत्रले पिण्डबाट ऊर्जाको रूपान्तरणमा गतिको महत्त्वलाई दर्शाउछ । पिण्डको जति बढी गति, उति बढी पिण्डको ऊर्जामा रूपान्तरण । यदि जल कै कुरा गर्ने हो भने पहाडको टुप्पोबाट झारिने पानीमा पक्कै पनि बढी वेग सृजना गर्न सकिन्छ । सो अवस्थामा कम पानी बाटै बढी ऊर्जा उत्पादन हुन्छ र त्यो पनि भरपर्दो सधैँ एक नाशको । यसलाई मात्र राम्ररी बुझेको खण्डमा नेपालको हकमा माग-आपूर्ति प्रबंधनमा पारंपरिक भण्डारण जल विद्युत् परियोजनाको आवश्यकता नै पर्दैन । तर उच्च सिर जल विद्युत् परियोजना, पारम्परिक सोच(low head) भएकाहरूले बुझ्न नसक्ने कुरो मा शङ्का नै नगरे हुन्छ ।

यस्तो प्रयोगमा उच्च ऊचाईका कारण पानीमा हुन पुग्ने थप चिसोपनाले तापिए ऊर्जा प्रयोगको अर्को सम्भावना सृजना गरी दिन्छ । यसलाई बुझ्न सके पहाडको टुप्पोमा पानीको ट्याङ्क राख्ने अवधारणाको पछाडिको व्यापारिक महत्त्व बुझ्न सजिलो पर्छ । जहाँ सम्म ती ट्याङ्कमा पानी पुर्‍याउने सवाल छ त्यति जाबो कुराको समाधान त कक्षा ८/९ का भाइ बहिनीले बिना बिजुली बिना मोटर-पम्प नै गर्न सक्ने कुरामा शङ्का नगरे हुन्छ ।

जहाँसम्म नेपाली पानीको विद्युतीय ऊर्जा र चिसो ऊर्जाको प्रश्न छ, प्रति हजार लिटर नेपाली पानीबाट करिब ४० युनिट (kWh) ऊर्जा उत्पादनको सम्भावना देखिन्छ, करिब १० युनिट (kWh) विद्युतीय ऊर्जा र करिब ३० युनिट (kWh) चिसो ऊर्जा । मतलब हाल को दक्ष्यता भन्दा सयौँ गुणा बढी । तर यो परम्परागत सोच भन्दा फरक सोचले मात्रै सम्भव छ । जटिलता सहितको नेपाली भौगोलिक विविधता जुन हाल सम्म अभिश्राप मानिएको छ, वास्तवमा यही नै नेपालको सबभन्दा ठुलो सम्पदा हो – नयाँ सोच यहाँ बाट सुरु गर्नु पर्छ । मेलम्ची खानेपानीको २७ किलोमिटर सुरुङ मार्गबाट यो प्रमाणित भई सक्यो की नेपालमा लामो सुरुङ सम्भव छ । यस अर्थमा ३०००-३५०० मिटर हेडको हाइड्रो पावर प्रोजेक्ट अब भने असम्भव मान्न सकिने अवस्था छैन । त्यस्तो प्रोजेक्ट बाट हुने चिसो पानीको निर्वहन (discharge) तराई या चुरेको फेदमा कोल्ड स्टोरेजको सुविधा बनाई प्रयोग गर्न सके चिसो ऊर्जा को व्यापार सुरु गर्न सकिन्छ । पछि त्यस्तै चिसो पानी भूमिगत मार्ग भई तराई र सीमावर्ती भारतीय सहरहरूमा लगिन सकिने यथार्थ लाई नकार्न सकिन्न ।

तसर्थ जल ऊर्जाको समष्टिगत कुरा गर्दा जल मात्र हैन, जलमा भएको अग्निदेव (यहाँ चिसो ऊर्जा) समेतलाई समेट्न सकिएन भने गुदी फालेर बोक्राबाट संवृद्धि को खोजी गरे सरह हुने छ ।

अब को बाटो
पारम्परिक जलविद्युत मोडेलले विगत सयौँ वर्षमा हामीलाई कहाँ पुर्‍यायो भनी राख्न आवश्यक छैन । अब उप्रान्त नेपालले आफूलाई सुहाउँदो दुई वटा हाइड्रो पावर मोडेल मात्र प्रयोगमा ल्याउनु पर्छ । पहिलो सुख्खा जलविद्युत अवधारणा (dry hydro power concept), जसको तर्क छ यदि उच्च हेडको लागि पहाडको शिखर प्रयोग गर्दै पानी-विद्युत् रूपान्तरण दक्षता (efficiency) बढाउन सकिने भए अरू इन्धन जस्तै (coal, diesel, multi fuel, uranium etc.) हाइड्रो पावर प्रोजेक्टमा पानी (यहाँ इन्धन) टाढा बाट ल्याउन किन नसकिने?

दुई समान क्षमताका हाइड्रो पावर प्लान्टहरूमा १० गुणा बढी हेड वाला प्लान्टले १० गुणा कम पानी प्रयोग गर्छ । कम पानी को मतलब कम पानी हैंडलिंग बोझ लागत (water handling burden cost) । आज सम्म कुनै हाइड्रो पावर अध्ययनमा पानी हैंडलिंग बोझ लागत मूल्याङ्कन (water handling burden cost assessment) गरिएको छ? यो यस कारण पनि महत्त्वपूर्ण छ कि इन्धन परिबहन लागत (fuel transportation cost) को आकलन नै स्विट्जरल्याण्डको ५७ किलोमिटर गॉथर्ड बेस सुरंग (Gotthard Base Tunnel) निर्माणको कारण बन्न पुग्यो ।

दोस्रो हाइड्रो पावर मोडेल तिन सतही ताल प्रणाली (Three Gradient Lakes System) मा आधारित प्रयोग जसले हरेक थोपा नेपाली पानी वाट विश्व मै सबभन्दा बढी जल वाट ऊर्जा रूपान्तरण गर्छ । यस मोडेल मा सबभन्दा माथिल्लो ताल (३२००-३५०० मिटर) मा तल्ला ताल हरू बाट पानी माथि पम्प गरिन्छ र हर थोपा पानी लाई सबभन्दा उच्चतम हेड प्रयोग गरी जल-ऊर्जा रूपान्तरण गरिन्छ । यस मोडेलको प्रयोग वाट प्रति हजार लिटर पानीबाट करिब ४० युनिट (kWh) ऊर्जा उत्पादनको सम्भावना देखिन्छ, करिब १० युनिट (kWh) विद्युतीय ऊर्जा र करिब ३० युनिट (kWh) चिसो ऊर्जा ।

हाल का केही निर्माणाधीन हाई हेड हाइड्रो पावर प्रोजेक्टलाई अल्लगै राख्ने हो भने लामो समय सम्म नेपालको हकमा खिम्ती हाइड्रो पावर प्लान्ट सबभन्दा उत्कृष्ट मान्न सकिन्छ जल – विद्युत् को रूपान्तरण दक्षताको क्षेत्रमा, जसले आफ्नो ६६० मिटर डिजाइन हेडको कारण लगभग १.६ युनिट (kWh) बिजुली उत्पादन गर्छ प्रति हजार लिटर पानीको प्रयोगबाट ।

खिम्तीमा पानी हैंडलिंग बोझ लागत को अध्ययन गरिएको भए ६० मेगावाट को खिम्ती सुख्खा ४/५ महिना मा १६/१८ मेगावाटमा सीमित हुन्थ्यो र? अधिकांश समय यसका संरचनाहरू बेकार या कम उपयोगमा आउने गरी डिजाइन गरिन्थे होला त ? तसर्थ खिम्ती लगायत जस्ता प्रोजेक्ट न आवश्यकतामा आधारित डिजाइन हो न यसले कुनै इन्जिनियरिङ इकोनोमिक्स को आदर्श बहन गर्छ । यस्ता समस्त प्रोजेक्ट लोभ-लालचमा आधारित डिजाइन हुन् जुन मु लत: फोगटमा (नि: शुल्क) उपलब्ध कच्चा माल (जल) बढी भन्दा बढी प्रयोग गर्ने ताकमा निर्माण गरिएका हुन् । यिन को “मात्रा को लाभ” (economies of scale) वा “मात्रा को अलाभ” (diseconomies of scale) जस्ता कुरा सँग कुनै सरोकार छैन ।

वर्तमान जल तथा ऊर्जा नीतिले नेपाल लाई उत्कर्ष मा पुर्‍याउनै सक्दैन । यो कसै को डर, त्रास दी र कर-चाप मा निर्माण हुन् पुगेको हो । नेपाल साँच्चै समृद्धि चाहन्छ भने तत्काल यिनलाई नेपाल र नेपाली अनुकूल बनाउनु पर्छ । आगामी बाटो को रूप मा अविलम्ब गर्नु पर्ने केही प्रमुख कार्यहरू निम्न बमोजिम छन्;

  •  प्रति लिटर नेपाली पानीको सैद्धांतिक मूल्य (ऊर्जा सापेक्ष) निर्धारण गरी सोको आधारमा हाल दिइएको सम्पूर्ण हाइड्रो पावर लाइसेन्सहरू अविलम्ब खारेज गर्ने
  • अव उप्रान्त ऊर्जा युनिट (kWh) प्रति हजार लिटर पानीमा स्वच्छ प्रतिस्पर्धा गरी विकासकर्ता छनोट गर्ने
  • मेगावाट रोयल्टी को सट्टा प्रति लिटर जल प्रयोग को आधार मा जल रोयल्टी लिने
  • दातृ राष्ट्र सँग तिन सतही ताल प्रणाली (Three Gradient Lakes System) मा आधारित पानी – ऊर्जा रूपान्तरण दक्षता मा विश्व को सबभन्दा अब्बल योजना को सहयोग माग्ने,
  • पानी को चिसो ऊर्जा को व्यापार प्रवर्धन गर्ने
  • अतिरिक्त ऊर्जा, हरित अर्थव्यवस्था (REDD+) प्रवर्धन गर्न मा प्रयोग गर्ने,
  • प्रत्येक नेपाली नागरिकलाई उच्च ऊंचाईको प्रति सेकेन्ड १ लिटर पानीको स्रोत संवृद्धि को लागि उपलब्ध गराउने

निष्कर्ष
अन्तमा, आफ्नो अद्वितीय भौगोलिक विविधताका कारण नेपालमा प्रति हजार लिटर पानीबाट करिब ४० युनिट (kWh) ऊर्जा उत्पादनको सम्भावना देखिन्छ, करिब १० युनिट (kWh) विद्युतीय ऊर्जा र करिब ३० युनिट (kWh) चिसो ऊर्जा । कार्बन व्यापार को ४० युनिट (kWh) थप्ने हो भने प्रति हजार लिटर नेपाली पानीबाट करिब ८० युनिट (kWh) उर्जाको व्यापार । यस हिसाबले एक लिटर पानी प्रति सेकेन्ड को संवैधानिक अधिकारको प्रयोगले मात्र नेपालका अधिकांश गरिबी रेखा मुनिका घर-परिवार को वार्षिक आम्दानी करिब एक करोड बनाउन सकिन्छ । बाख्रा पाठा बाट कर उठाउनु को सट्टा ती गरिब निमुखालाई करोडपति बनाई सरदर २५ लाख प्रति घरधुरी उठाउँदा राज्यले पाउन सक्ने राजस्व-आयतनको हेक्का नहुने लाई राज्य सञ्चालनमा बस्ने कुनै अधिकार छैन ।

सधैँ आयातित नाराहरू र आयातित योजनाहरूमा अल्झिन पुगेर हाम्रो यो गति हुन पुगेको छ । आफ्नो अनुकूलको नारा र आफ्नो अनुकूलको योजना बिना नेपालको समृद्धि सम्भव छैन । कम्ती मा एउटा उत्पादन मा नेपाल विश्व मा नम्बर एक बन्नै पर्छ सम्बृद्ध बन्न को लागि । हाम्रो समस्या भनेको यही यथार्थ बुझ्न नसक्नु हो ।

सम्पदाबाट समृद्धि सम्भव छ र तेसले प्रयोगको आधार खोज्छ । र यो आधार नेपालको संविधानको पहिलो हरफमा यसरी उद्घोष गरिनु पर्छ –

“यो संविधानले नेपाललाई विश्वकै सम्बृद्ध राष्ट्रहरूको पंक्तिमा अग्रणी स्थानमा स्थापित गर्न यस राष्ट्रको सबभन्दा गरिब व्यक्तिको सालाना आय वर्तमान विश्वको अधिकतम प्रति व्यक्ति आय भन्दा कम्तीमा पनि एक रुपैयाँ बढी बनाउन आफ्नो सम्पूर्ण साधन, स्रोत र सम्पदाको परिचालन गर्ने छ ।”

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् । ॐ शान्ति शान्तिः शान्तिः ॥

References

प्रतिक्रिया दिनुहोस