लाइसेन्सको अनलाइन आवेदन : वेबसाईट नै खुलेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लाइसेन्सको अनलाइन आवेदन : वेबसाईट नै खुलेन


प्रशासन विशेष ब्युरो

७ मंसिर २०७५, शुक्रबार


लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । यातायात व्यवस्था विभागको वेबसाइट नचलेपछि लाइसेन्सको अनलाइन आवेदनका लागि पर्खेका हजारौँ व्यक्तिहरू दिनभरीजसो खुल्छ कि भनेर पर्खेर बसे तर साँझसम्म पनि कुनै संकेत देखिएन ।

मंसिर ७ गते(आजदेखि) बिहान ७ बजेबाट सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुल्ने जानकारी यातायात व्यवस्था विभागले गराए पनि बिहानैदेखि वेबसाइट नचल्दा सर्वसाधारणले अनलाइनबाट आवेदन भर्न सकेनन् ।

धेरै जनाले एकै पटक साइट चलाउँदा समस्या आएको विभागले जनाएको छ ।

अनलाइनबाट दरखास्त आव्हान गरिँदा आउन सक्ने प्राविधिक कठिनाइबारे समयमै सगज नहुनु तथा दिनभरि जस्तो पनि समस्याको समाधान निकाल्न नसक्नु विभागको कमजोरी हो ।

यसबारे विभागले समयमै सर्वसाधारणलाई जानकारीसमेत गराएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस