बधिया भाले पालेर राम्रो आम्दानी गर्दै हर्क « प्रशासन
prasaLogo
७ मंसिर २०७५, शुक्रबार

बधिया भाले पालेर राम्रो आम्दानी गर्दै हर्क


प्रकाशित मिति : 23 November, 2018 4:43 pm

घोराही । घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन् ।

उनले कुखुरा पाल्दै त आएका छन् तर फरक तरिकाबाट । भाले कुखुरालाई बधिया बनाएर अर्थात् भाले कुखुरालाई खसीको रुप दिएर नयाँ तरिकाले पाल्दै आएका छन् । उसो त दाङ जिल्ला पहिलेदेखि नै बधिया भालेका रुपमा परिचित छ । अन्य जिल्लाबाट यहाँ आउनेहरु बधिया भालेको मासुको पारखी छन् ।

झट्ट हेर्दा अरु सबैले गर्दै आएको पेशाभन्दा उहाँले गर्दै आएको यो काम अलि फरक छ । उनले यो पेशा गर्न थालेको करीब सात वर्ष बढी भयो । जुन पेसाबाट मनग्य आम्दानीसँगै समाजमा एउटा छुट्टै नामसमेत उनले पाइसकेका छन् ।

उनकी श्रमती जानका चौधरीका अनुसार हाल बधिया फार्ममा करीब ३०० बधिया भाले छन् । भाले पाल्नेका लागि मासिकरुपमा रु ३० देखि रु ४० हजार खर्च हुने गरेको छ । तर आम्दानी भने वार्षिक रु १० देखि १२ लाखसम्म हुने गरेको उनी सुनाउछिन् ।

एउटा बधिया भाले हुनका लागि चल्ला निकालेको करीब पाँच महीनामा भाले बास्न थाल्छ । भाले बास्ने भइसकेपछि भालेको भेटेनरी डाक्टरको सहयोगमा अण्डाशय निकाल्ने र शिर काट्ने काम हुन्छ । जब अण्डाशय निकालेर करीब दुई महीनाजति दानापानी खुवाएमा बधिया तयार हुन्छ । एउटा चल्ला निस्केको सातदेखि ८ महीनामा बधिया भाले तयार हुन्छ ।

हर्क चौधरी भन्छन्, “अरु कुखुराको मासुभन्दा अति मीठो, कस्सिएको मासु हुन्छ भन्छन् र मान्छे घरमै लिन आउछन् ।” उनका अनुसार एउटा बधिया भाले करीब तीनदेखि साढे तीन किलोसम्म हुन्छ र त्यसको मूल्य रु ३ हजार पर्छ ।

प्रतिक्रिया दिनुहोस