Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पाल्पामा धान उत्पादन वृद्धि


प्रशासन संवाददाता

७ मंसिर २०७५, शुक्रबार


बेझाड । पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो ।

जिल्लामा ८ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिए । गत वर्ष जिल्लामा सोही क्षेत्रफलमा ३५ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७३/०७४ मा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष समयमा नै धान रोपाइँ, पर्याप्त वर्षा, उन्नत जातको धानको बीउ प्रयोग, रोग किराले आक्रमण कम गर्नुजस्ता कारणले धान उत्पादन बढेको यादवले बताए । जिल्लामा कृषकले सावित्री, रामधान, सावा मन्सुली, सुक्खा, खुमल चार, उन्नततर्फ यएस ३१२, युएस ३८२ जातको धान लगाउँदै आएका छन् ।

जिल्लाको रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, दोभानलगायतका क्षेत्रमा धान उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकाले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाँडा भू–भाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ । यस जिल्लामा उत्पादन भएको धानले खान नपुगे पनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा कृषक आत्मनिर्भर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस