२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशको स्मृतिमा शोकसभा

अ+ अ-

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उनको निवास खुमलटारमा स्मृतिसभा आयोजना गरिएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाललगायत नेता र परिवार तथा शुभेच्छुकले दिवगङ्त प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरे । कार्यक्रममा प्रकाशको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका ‘प्रकाश दाहाल’ को उपराष्ट्रपति नन्दबहादुर पुन र अध्यक्षद्वयले लोकार्पण गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश मिलनसार र व्यावहारिक युवा भएको बताउँदै उनलाई महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने युवा व्यक्तिका रुपमा स्मरण गरे । प्रधानमन्त्री ओलीले भने,’ नेतासमक्ष विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर स्वकीय सचिवले त्यसको निरुपण पनि गरिदिनुपर्ने हुन्छ त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूर्वक व्यवस्थापन गरेका थिए ।’

प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले दाहाल परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको उल्लेख गर्दै भने,’उमेर, अपेक्षा र समय बाँकी हुँदै भएको निधन धेरै पीडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।’

अध्यक्ष दाहालले आफ्नो परिवारमा परेको वियोगका समयमा जनता र कार्यकर्ताले दिएको सद्भाव र साथका कारण आफूहरुलाई शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको बताए । छोरा एवं आफ्ना सचिवालयका सदस्य प्रकाशको सम्झनामा बोल्दा अध्यक्ष दाहालको गला अवरुद्ध भएको थियो भने आमा सीता दाहाल भक्कानिएका थिए ।

नेता दाहालका छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रतिष्ठान पनि गठन गरिने जनाइएको छ । गत वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अध्यक्ष ओली र दाहाल नेता ओलीको निर्वाचन क्षेत्र झापामा रहेका बेला आजकै दिन प्रकाशको काठमाडौंमा हृदयाघातका कारण निधन भएको थियो ।

श्रद्धाञ्जलिसभामा सभामुख कृष्णबहादुर महरा, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रिगण, नेता मोहन वैद्य, महन्त ठाकुर, कमल थापालगायतले प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। स्मारिकामा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, सभामुख महरा, प्रकाशका श्रीमती एवं खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतका लेख स्मृति समेटिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस