२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कविता महोत्सवका लागि २० कविता छनोट

अ+ अ-

नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ ।

विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका लागि प्राप्त २४८ कवितामध्ये २० कविता छनोट भएको उक्त प्रतिष्ठानले जनाएको छ । विभिन्न माध्यमबाट देश र विदेशमा रहेका नेपालीले पठाएका कवितामध्येबाट विज्ञ निर्णायक समितिले २० कविता प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाका लागि छनोट गरेको महोत्सव प्रचारप्रसार संयोजक मुकुन्दराज अर्यालले जानकारी दिए ।

सो प्रतियोगिताका लागि चितवनका अम्बिका कार्की, ओखलढुङ्गाका इन्द्रकुमार श्रेष्ठ, तेह्रथुमका एलिना दुलाल, रसुवाका जीवन आरोही, रामेछापका जीवन खत्री, सुनसरीका जीतु खड्का, दोलखाकी देवकी अभिलाषी, गोरखाका निशान निष्कर्म, कास्कीका प्रकाश आचार्य, भोजपुरकी प्रगति राई, कास्कीकी वसुन्धरा भण्डारी, दाङकी भवानी न्यौपाने, बाराका रमेश रसिक, नुवाकोटका रामराजा तिमिल्सिना, प्युठानकी रीमा केसी, बागलुङ विवश बाबु, धादिङका विजय तामाङ, गोरखाका सन्तोष खनाल, कञ्चनपुरका सागर चन्द र जाजरकोटका ज्ञानेन्द्रबहादुर सिंहको कविता छनोट भएको हो ।

प्रतियोगिताका लागि देशका ६२ जिल्लाका स्रष्टाले कविता पठाएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रो दुईलाई रु २०/२० हजार नगद पुरस्कारको व्यवस्था गरिएको उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए । यसअघि २०७३ सालमा पहिलो कविता महोत्सव नुवाकोटमै भएको थियो ।

प्रतिक्रिया दिनुहोस