लसुनको चिया पिउदा हुने यस्ता छन् फाइदाहरु……… « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लसुनको चिया पिउदा हुने यस्ता छन् फाइदाहरु………


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


हामी हाम्रो भान्सामा तरकारी पकाउदा प्रयोग गर्ने लसुनबाट चिया समेत बनाउन सकिन्छ । यस बारेमा मानिसहरुलाई थाहा नहुन पनि सक्छ । यसको चिया खाएमा हाम्रो शरिरलाई निकै फाइदाजनक छ ।

लसुनको स्वादले खानाको स्वाद निकै बढाउनका साथै यो हाम्रो स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । अदुवा  र लसुनलाई पिसेर पानीमा उमाल्ने र पानी सेलाएपछि यसमा कागती र मह मिसाएपछि लसुनको चिया तयार हुन्छ । लसुनको चिया सेवन गर्दाका यस्ता  छन्  फाइदाहरु:

१)  बिहानबिहान लसुन चियाको सेवनले मानिसको शरीरको मेटाबोलिज्म ठिक पार्छ र पाचन तन्त्रले ठीकसँग काम गर्छ ।
लसुनको चियाले शरीरको अनावश्यक बोशोलाई कम गरेसंगै तौल नियन्त्रणमा रहन्छ ।
२) लसुनमा भिटामिनका साथसाथै ठूलो परिमाणमा मिनरल्स, जस्तै क्याल्सियम र म्याग्नेसियम आदि पनि पाइने हुनाले मानिसको हड्डीलाई बलियो बनाउँछ ।
३)  लसुनको चिया सेवन गर्नाले शरीरको प्रतिरोधक क्षमता बढ्छ ।
४)  लसुन एक एन्टिबायोटिक हो त्यसैले यसको चिया नियमित पिउनाले रुघा, खोकी, ज्वरो आदिले सताउँदैनन् ।

५) लसुनको चियाको सेवनले शरीरमा रक्तसञ्चार भई मुटुसम्वन्धी समस्याहरु उत्पन्न हुन दिँदैन ।
६)  लसुन एउटा राम्रो एन्टिअक्सिडेन्ट हो जसले फ्रि रेडिकल बन्नबाट रोक्ने काम गरी मानिसलाई क्यान्सर हुन सक्ने सम्भावना न्युन गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस