भारतबाट तीस लाख किलो फलफूल आयात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतबाट तीस लाख किलो फलफूल आयात


प्रशासन संवाददाता

३० कार्तिक २०७५, शुक्रबार


विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख ६ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो ।

चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले जानकारी दिए । चालु आवको तीन महीनामा रु २ करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ ।

गत आवमा सो अवधिमा रु एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता, केरा, खजुर, छोहरा, अम्बा, आँप, सुन्तला, कागती, अङ्गुर, किसमिस, स्याउलगायत फलफूल आयात गरिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस