जीप दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

जीप दुर्घटनामा एकको मृत्यु


३० कार्तिक २०७५, शुक्रबार


बस दुर्घटना

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडक अन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन् ।

घाइतेहरुको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको र मृतक धनबहादुरको लास परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ । जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीप सडकभन्दा एक सय मिटर तल खसेको थियो। रासस

प्रतिक्रिया दिनुहोस